• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  जीवनशैली

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • ४६६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    कोरोना भाइरस कसरी सर्छ ?

    फेसबुकमा पछ्याउनुहोस्

    यो मुख्यत: श्वास–प्रश्वासको माध्यमबाट सर्ने गर्छ । हामीले खोक्दा, हाच्छियुँ गर्दा, सासफेर्दा, बोल्दा हाम्रो श्वास प्रणालीबाट सूक्ष्मथोपा निस्कन्छन् र कोभिड–१९ बाट संक्रमित व्यक्तिको हकमा त्यस्ता सूक्ष्मथोपामा यी भाइरस पनि हुन्छन् र उसको श्वास प्रणालीमा प्रवेश पाएपछि सर्ने गर्छ । खोक्दा वा हाच्छियुँ गर्दा बोल्दा यस्ता सूक्ष्मथोपा एकमिटर वा सोभन्दा बढी टाढासम्म पुग्नसक्छ । त्यसैले नसरोस् भनेर संक्रमित व्यक्तिले मास्क लगाउने सल्लाह दिइन्छ अनि खोक्दा वा हाच्छियुँ गर्दा रुमाल वा पेपर टिसुले छोप्ने वा कुहिनाको भित्री भागमा गर्ने सल्लाह दिइएको छ । त्यसदेखि बाहेक यो संक्रमित सतहमा हामीले स्पर्शमा गरेर अनुहार छोएको हकमा पनि सर्न सक्छ । त्यसैले बारम्बार हात साबुन पानीले धुने वा स्यानिटाइजर लगाउने गर्दा भाइरस नष्ट हुने हुँदा सर्ने सम्भावना कम गर्न सकिन्छ । त्यसदेखि बाहेक विभिन्न व्यक्तिले हातले बारम्बार छोइने सतह जस्तै कि फोन, रिमोट कन्ट्रोल, टेवल, धारा, कम्प्युटरको किबोर्ड, ढोकाको ह्याण्डल, रेलिङजस्ता सतहलाई बारम्बार सफा गरिनुपर्छ ।

    के यौनसम्पर्क राख्न हुन्छ ?

    यो एकान्तवासको दौरानमा कतिपयले यौनसम्पर्क राख्नुभयो होला भने कतिले परहेज । तर, यौनसम्पर्क राख्न हुन्छ कि हुन्न भन्ने प्रश्न भए पनि सोध्न नसकिएको स्थिति धेरैलाई होला । यो नयाँ भाइरस भएको कारणले कतिपय जानकारी अझै पनि आउन बाँकी नै भएकाले एक हदसम्मको अनिश्चितता छ । यति हुँदाहुँदै पनि यदि तपाईं  र तपाईंको यौनजोडी सोही घरवासमा एकान्तवास गरिरहनु भएको छ र दुवैलाई यस कोभिड–१९ को संक्रमण छैन र यसको जोखिम पछि छैन भने यौनसम्पर्क राख्न सकिन्छ । हालसम्मको उपलब्ध प्रमाणको आधारमा योनिलिङ्ग वा गुदामैथुनको माध्यमबाट सर्दैन भन्ने नै विशेषज्ञहरूको निक्र्योल छ ।

    त्यसैले यौनसम्पर्क राखेर भरपूर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसले अहिलेको एकान्तवासको नियास्रोपनलाई कम गर्न सहयोग गर्छ नै । भागदौड पूर्ण जीवनको दैनिकीबाट केही समय भए पनि राहत पाउँदा, आत्मियता बढाउने तथा यौनजीवनलाई पुन:ताजगी गर्ने अवसर पनि हो ।

    चुम्बनका कुरा

    यौन क्रियाकलापको एक अभिन्न भागका रूपमा चुम्बन हुन्छ । थुक, र्‍यालमा सम्पर्कमा आउँदा यी भाइरस सर्न सक्छ । तपाईंले चुम्बन गरेको व्यक्ति होस् वा तपार्इंलाई चुम्बन गरेको व्यक्ति, दुईमध्ये कसैलाई लक्षण देखिए एकान्तवासमा बस्नुपर्छ ।

    यौनाड्ड स्पर्शको कुरा

    हातले योनि या लिङ्गको स्पर्श गर्नु पनि यौन क्रियाकलापको अभिन्न भाग नै हो । यस्तो बेलामा थुक वा र्‍यालको सम्पर्कमा आएको हात वा मुखको सम्पर्क अर्को व्यक्तिको नाक–मुखसँग भएको स्थितिमा सर्ने सम्भावनालई बढाउँछ भन्ने बिर्सनु हुँदैन ।

    कण्डमको प्रयोग

    यसले यौनसम्पर्कको माध्यमले सर्ने रोग (एचआईभीलगायत अन्य यौनरोग) सर्न तथा गर्भ रहनबाट बचाउँछ । तर, यो श्वास–प्रश्वास तथा अन्तरङ्ग सहवासबाट सर्ने रोग भएकाले कण्डमको प्रयोगले मात्र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट जोगाउने कुरा भएन ।

    यौन खेलौना

    यदि आफैंले मात्र प्रयोग गरिएको छ भने सर्ने स्थिति भएन । यदि यौनाजोडीको माझमा वा अर्को व्यक्तिले ७२ घण्टा भित्रमा यौन खेलौनालाई प्रयोग गरेको स्थिति छ भने यसलाई साबुनपानीले राम्ररी धुनु पर्छ र त्यसपछि हात राम्ररी धुन पनि बिर्सनु हुँदैन । यौन खेलौनामा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्दा योनिमा पोल्ने भएकाले प्रयोग नगर्ने सल्लाह दिइन्छ ।

    यौनसाथी विनाको एकान्तवास

    हामीले थाहा नै पाइसक्यौ कि श्वास–प्रश्वासका साथसाथै अन्तरङ्ग शारीरिक सम्बन्धबाट सर्छ । यदि तपाईं फरक–फरक घरमा बस्नु हुन्छ वा प्रणय सम्बन्ध विकासको क्रममा गरिने भेटघाटमा हुनुहुन्छ भने एकान्तवासमा बस्नुपर्ने बेलामा प्रत्यक्ष्य रूपमा भेटघाट नगर्नु उचित हुन्छ । भेटघाट नै नभएको स्थितिमा स्पर्श वा यौनसम्पर्कको कुरा त टाढैको मान्नु पर्‍यो । अप्रत्यक्ष रूपमा प्रविधिमार्फत सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गरिरहन सक्नुहुन्छ । यौनसम्बन्धी कुरा पनि प्रविधिको माध्यमबाट साटासाट गर्नसक्नु हुन्छ ।

    त्यसदेखि बाहेक यौन आनन्द प्राप्त गर्ने एक उपाय प्रकृतिले नै दिएको वरदानका रूपमा हस्तमैथुन छ, यसको भरपूर फाइदा उठाउन सकिन्छ । यहाँ अर्को व्यक्तिको सामिप्यतामा नआइने हुँदा कुनै संक्रमण हुने कुरै भएन ।

    अहिले एकान्तवास हुँदा, कोभिड–१९ को सूचनाको भारले बढाएको चिन्ताको कारणले होस वा दिनचर्यामा आएको परिवर्तनले तनावले मानसिक तनाव बढेको छ र यसबेला कसैको सामीप्यताको चाहना होला । तर, यो बेला नयाँ यौनजोडीको खोजी गर्ने वा बनाउने बेला होइन । यो रोगको लक्षण देखिनुभन्दा पहिले नै संक्रमित व्यक्तिबाट अरूमा सर्नसक्छ । अत्यधिक तनावको स्थितिमा यौन क्रियाकलापमा कमी आउन सक्छ । तर, यस्तै तनावको कारणले कतिपय स्थितिमा अपनाउनु पर्ने सावधानी नअपनाइने हुनसक्छ । त्यसैले सजगता आवश्यक छ ।

    सम्भावित संक्रमित यौनजोडीसँगको एकान्तवास

    मुख–घाँटीका स्वाब अलवा दिसा र रगतमा यो भाइरस देखिने भएकाले संक्रमित व्यक्तिका शरीरबाट निस्कने तरल पदार्थ संक्रमणको स्रोत हुनसक्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । आफ्नो यौनजोडीमा संक्रमण भएको वा संक्रमण भएका व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा रहेको स्थिति छ भने एकान्तवासमा पनि श्वास–प्रश्वासबाट नसर्ने सबै नै उपायका साथसाथै भौतिक दूरी कायम गर्नुपर्छ । एक मिटरभन्दा बढीको दूरी कायम गर्नुपर्छ, साथीले प्रयोग गर्ने सरसामग्री प्रयोग गर्नुहुन्न । सयन कक्ष, चर्पी र नुहाउने कक्ष पनि फरक गर्नुपर्छ । यदि गर्नै नसकिएको स्थितिमा संक्रमित व्यक्तिले प्रयोग गरिसकेपछि राम्ररी सफा गर्नुपर्छ । यस्तो कक्ष राम्ररी हावा आउन जान सक्ने हुनुपर्छ । यी तरिका यौनजोडीलाई मात्रै होइन, एकै घरमा बस्ने जोसुकैलाई संक्रमण भए पनि अपनाउनुपर्छ ।-साप्ताहिक

    • #यौन जिज्ञासा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑