• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  लेख तथा साहित्य

    दिदिबहिनी बिनाको खल्लो तिज !

  • २०७७ भाद्र ५, शुक्रबार (६ साल अघि)
  • ३३४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    तिज नजिक आएको थियो । ममिको मुखमा धेरै खुसी छाएको देखेको थिए । हामी दुई सन्तान छौ जस्मा दिदिबहिनीको धेरै अभाव थियो । तिजको बेला हामी घरभित्रै बसेको थिएम । सधै माइत जानी मेरि ममि यो बर्ष कोरोनाले गर्दा जानू भएन । यसै बीच मेरो दाइ र म बसेर कुरा गर्दैगर्दा दाजुले भन्यो तर साच्चिकै दिदिबहिनी बिनाको तिज कस्तो खल्लो हुन्छ होइ , हाम्रो घरमा सधै यस्तै होला, आज जस्तै सुनो हुन्छ होइ तिजको बेला भन्दै ममिलाइ प्रश्न गर्यो । ममि केही भनु भएन अनि महिले छोड्दे दाइ दिदिबहिनी हामिमा लेखेको होइन्छ भन्दै मुस्कुराउदै त मेरो दिदी म तेरो बहिनी भनेर हसाउदै भित्र पसे । केही बेर सुतेको जस्तै गरे तर लाग्यो साचिकै दिदी भएको भए भनेर सोछे कल्पनामै हराए अनि सुरु गर्ने लेख्न दिदिबहिनी नभएको काहानी ।

    फेसबुकमा पछ्याउनुहोस्

    यहि सोच्दा सोच्दै अनि हेर्दा हेर्दै तिज पनि आइसकेछ है, क्यालेन्डरको पन्ना पन्ना पल्टिरह्यो अन्तमा भाद्रको महिना पनि पल्टेछ,त्यहां आउंदै थियो तिजको दिन। मन फेरि भुक्क फुलेर आइदिन्छ, फेरि एकलयको ढड्कनको तेजले गति लिन थाल्छ, कता कता निन्याउरो र एकान्तको आभास हुन थाल्दछ। यो सब हुनुमा मात्र एउटै कारण छ मेरै आफ्नै आमाको कोखबाट कोहि दिदी बहिनि नहुनु १ सोच्दछ अनि टोलाइदिन्छ त्यहिबेलामा कि किन यस्तो एक्लो आभाष गराइदियौ जुन बेला दिदी बहिनिको चाड पर्व आउँछ नि त्यहिबेला हाम्रो आगनमा हुमे रित्तोपनाले मन बिरक्तिएको आभाष हुन्छ ।

    देख्छु अरुका दाजुभाइ आफ्नै दिदी बहिनिसंग जिस्की जिस्की बसेका, लडि लडि बसेका, एउटै थालमा खाएका, कसैलाइ सानो चोट लाग्दा दुबैलाइ दुख्दा, ओए बहिनी हेर त तंलाइ मैले तेरो मन पर्ने कुर्था लेइदेको छु, ममि हेर्नू त त्यो दाइले यत्तिकै पिट्यो मलाइ, दिदिलाइ त्यत्रो बढी दिने मलाइ थोरै, बाबाले मलाइ मायै नगर्नेू, यि शब्द सुन्दा सामान्य छन तर हामिजस्ता आफ्नै आमाको कोखका कुनै दिदी बहिनी नहुनेमा यो हरेक शब्दमा एकदम आत्मिय भावना देखिन्छ, कतै यस्ता शब्द जब कानमा गुन्जिन्छ नि तब टक्क रोकिन्छ पाइला अनि मज्जाले सुनिरहुं जस्तै लाग्छ, किनकी थाहा छ कि यी सब मेरो जिबनमा कहिले मौका आउंदैन,

    बेला बेलामा गुनासो गर्छु भगवानसंग हे भगवान किन एउटा दिदी या बहिनिको साथ पनि दिएनौ तिमिलेरुू जुन घरमा छोरिको बाँस हुन्छ नि त्यो घरको सौन्दर्यता र त्यस्को रौनक नै निकै फरक हुन्छ, जुन घरमा छोरिको जन्म हुन्छ नि सांची त्यस घरका हरेक सदस्यमा कति धेरै खुसिको आगमन भैदिन्छ, एक त आमा बाबुको निकै आत्मिय सहारा, उन्को पाइला,उन्को संलग्नता अनि उन्को चलबलाओट, यी सबमा स्वर्गीय आनन्द मिल्दोहो पक्कै पनि, बस एक दिन हुन्छ जुन दिन यस्तो लाग्छ कि कास मेरो घरमा दिदी बहिनिको जन्म नभैदिएको भए, त्यो दिन त्यहि दिनको हो जुन दिन आफ्नै पृय दिदी बहिनि जब कैयौं बर्षदेखी आंफुसंगै हुर्केकी खेलेकी अनि हरेक दुख अनि सुखमा साथ दिएकी आफ्नै घरलाई माइतमा परिवर्तन गरेर कसैको पराइ घरमा पाइला टेक्न जान्छिन, मलाइ त्यो अनुभव त यो जन्ममा हुने भएन,तर म महसुस पक्कै गर्न सक्छु कि त्यो दिनको हरेक सेकेन्ड सेकेन्डको परिभाषा, आफ्नो काखमा खेलेकी हुर्केकी छोरी बिदाइ हुंदाको पिडामा बाबू आमा त हुन्छन नै त्यति नै पीडा त्यो दाइ या भाइलाइ हुन्छ जस्ले आफ्नो जिबनको सबैभन्दा नजिकको साथी गुमाउंदैछ ।

    देखेको छु धेरै बिहेमा जब आफ्नै दिदी बहिनी पराइ घर जाँदै हुन्छिन उन्को दाइको या भाइको त्यो भावबिह्वल अबस्था, ती आंखाले सजिलै बोलिरहेका हुन्छन अनि ती ओठले सजिलै बताएका हुन्छन कि उस्ले जिबनको कति महत्वपुर्ण चिजलाइ टाढा बनाउंदैछ, किनकी जब उनी पराइघर जान्छिन नि तब पहिलेको जस्तो सम्बन्धको संवाद हुंदैन। कतै न कतै केही न केही कुराले प्रभाव पार्छ नै पार्छ। धरधर बगेका आँसु अनि त्यो दर्दनाक पिडाको भकारी लिएर उता ती दिदि या बहिनि गैरहेकी हुन्छिन यता तिनै चेलिको यादमा बिछिप्त भएर पल्टेको हुन्छ एउटा भाइ या दाइ ।

    हो यस्मानेमा पनि यहि भन्न सकिन्छ कि कति प्यारो अनि चोखो सम्बन्ध हुनेगर्छ है दिदी भाइ या दाजु बहिनिको। कुनै त्यस्तो चाड छैन जहाँ दाइभाइको लागि बनाइएको होस तर दिदिबहिनिको लागि यहाँ अनेक चाड छन कारण एउटै छ यी दुई बिचको आत्मियता अनि महत्व। तर यो संसारमा कोहि त्यस्ता अभागी पनि छन जस्ले यी चाडमा खुसियाली भन्दा बढी एक्लोपन महसुस गरिरहेका छन। उनिहरु अरुकै आत्मियतामा रमाउन सिकेका छन, उनिहरु रमाउन खोजेका छन तर मलाइ लाग्दैन कि उनिहरुको मन भित्रैबाट सांची रमाइरहेको होला, तिज तिहार अनि अहिलेको नया चलन रक्षा बन्धनमा भित्री मन सांचिकै धर धर रोएकै हुन्छ त्यो बेलामा बस यहि सोच्ने गर्छन कि कास मेरो घरमा पनि कुनै दिन च्या च्या गर्दै एउटि छोरिले जन्म लिएको भए।

    हिंड्दा देखिरहन्छु सानो भाइलाइ दिदिले पढाइरहेकी, ओए बाहिर नजा गाडिले हान्ला, यस्ता दृष्यले मन कटक्क खाने काम भन्दा अरु मैले अहिलेसम्म महसुस गरेको छैन। ओए दाइ आज मलाइ त्यस्ले यस्तो भनो त्यस्लाइ गाली गर्दे न भन्दा दाइको आंखामा देखिने आक्रोशले आफ्नी बहिनिप्रतिको ममता छर्लंग देखिन्छ। छोरी भएको घरमा साक्षात लक्ष्मिको बाँस हुन्छ रे, किनकि छोरी आमा बुवाको सहयात्री भएर उभिन्छन, आमालाइ सानो देखि ठूलो काममा सघाउन अगि सरिहाल्ने,आमाले खाइन नि खाइनिन, बाबाको औषधि खाने समय भयो या भएन, दाजु कतिखेर आउलान अनि संगै खाना खाउंला, भाइ यस्बेलासम्म कता गएकोहोला भन्दै उन्को छटपटी मा कति मधुरता अनि कति रमणिय र जिम्मेवार अनि खुसी नै खुसिले भरिएको घर भैदिन्छ होला है, आहा यस्की छोरी र कति राम्री कति सिल श्वभावकी, कस्तो ठ्याक्क देउताजस्तै, कस्ति सोझी, सांची यो घरमा त भगवानकै बाँस नै रहेछ भन्ने छिमेकिको बोलिमा क्या मज्जाको अनुभूति भैदिन्छ होला है।

    मलाइ अचम्म लाग्छ बिचरा ती कैयौं छोरिहरु छोरी भएकै कारणले कति पेटमै मारिए,कति जन्मेरै मारिए,कति हुर्किएरै मारिए,कति बिहे गरेरै मारिए, कति बिभिन्न शोषणमा र अन्याय र अपराधको सिकारमा मारिए, बस यहि बेला मेरो जिउको रौं जुरुक्क उठेर आइदीन्छ कास ती दिदी या बहिनि मेरि भैदिए जस्ले गर्वमै मार्दिए,जस्ले छोरी भएकै कारणले जन्मंदाबित्तिकै झाडिमा सालनालसंगै हुत्ताइए, कास ती मेरा बहिनी दिदी भैदिएको भए, समाजमा छोरिप्रती किन यति फरक सोच छ म अचम्ममा पर्छु, त्यही छोरिकै पेटबाट जन्म लिन्छन, त्यही छोरिकै दस धारा दूध चुसेर त्यति बज्रस्वांठ भैदिन्छन र अन्तमा उन्लाइ नै सामाजिक कुदृष्टिले गर्दा छोरी भनिएर नै हेपिन्छिन ती नारी। कठै बिचरा हाम्रो समाज ।

    दिदी बहिनिको माया नपाएको पक्कै हैन म, भावनात्मक र अन्य दिदिबहिनिहरुको न्यानो मायां धेरै प्राप्त छ तैपनी आफ्नै भनेको आफ्नै हुंदोरहेछ नि है। सोच्नेगर्छ मनले उस्को घर तीन चारवटा दिदी बहिनी छन त्यहांबाट एउटा सापटी लिन मिल्ने भए। होला यी सब भावनाका कुरा होलान तर यथार्थमा यस्ले यहि इंकित गर्छ कि समग्रमा दिदी बहिनी बिनाको दाजु भाइको एक्लोपना कस्तो होला। रहर त कसो नहोला र ती दाजुभाइलाइ, तिज आउन लाग्यो अब मेरि दिदी आएर घर रंग्याउने भै, सुनसानजस्तै घरलाइ फेरि रौनक दिने भै, मज्जाले नाचेर रमाइलो गर्दिन्छे, अनि आइजा आइजा भन्दै तानी तानी मलाइ नि नचाउंछे, अर्कि बहिनिको बिहे भको छैन उ घरमै रमाएकी छे, वरिपरिका साथिलाइ बटुलेर घरको आंगनमा तिजका गितमा छमछम नाचिरहेकी छे, ममि अनि बाबा यता बसेर ताली पिटेर उनिहरुलाइ हौशला दिनुभएको छ, रहर त कसो नहोला र कुनै दिन स्कुलबाट आउने बेलामा दाइ म स्कुलमा फर्स्ट भएं हेर्नुस त मैले यो उपहार पाएं अब तपाइले के किन्दिने मलाइ, त्यति भन्दाबित्तिकै बहिनिलाइ स्नेहरुपी चुम्बनको साथमा अंगालोमा बेरिदा आफ्ना आंखाका आंशुले मलाइ खस्न दे न खस्न दे यति खुसिमा त खस्न दे भनेर बिन्ती गरिरहेको क्षण । रहर त कसो नहोला र तिहारमा आफ्नै आंगनमा सप्तरंगी टिकाका साथमा आफ्नो निधार सजाउने, अनि दिदिले दिएको उपहार खोलेर हेर्नलाइ कतिखेर रुममा पुगेर हेरिहालौं भन्ने, अनि दिदी बहिनिले मैले दिएको खामलाइ उसैगरी कति दिएको होला भनेर कोठामा पुगिहाल्ने। हो रहर त सबै छ, तर शब्द एउटै छ सायद त्यस्तो भैदिएको भए।

    यस्तै छ एउटा दिदी अनि बहिनी नभएको दाइ अनि भाइको पीडा, हरेक पल पल यहि सोच्दै जान्छ कि सायद सायद सायद । अनि हरेक चाड पनि यहि सोच्दै जान्छ कि सायद सायद सायद । त्यो सायदमा निकै ठूलो पीडा र कथा लुकेको हुन्छ । यसर्थमा कि भावनात्मक र अन्य माया गर्ने दिदि बहिनी त छन तर आफ्नै आमाको कोखबाट जन्मेकी छोरिको मेरो घरमा अभाव छ ।

    • #तिज
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑