
नेपाली गीत संगीतमा बिगत लामो समय देखि आफुलाई भर्सटायल गायकको रुपमा चिनाउन सफल गायक थानेश्वर गौतमको नयाँ गीत बजारमा आएको छ । ‘४ अक्षरको नाम ‘ बोलको गीता यति बेला बजारमा आएको छ । थानेश्वर गौतम र मेलिना राइको आवाज रहेको गीतमा लय शब्द थानेश्वर गौतम र समुन्द्र गिरीको रहेको छ । उदय राज पौडेलको एरेन्ज रहेको गीत प्रिज्म रेकर्डिग स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन श्याम स्वेत रसाईली ले गरेका छन् ।
गीत ४ अक्षरको नामको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । गीतमा राहुल चौहान ,निशा घर्ति र सम्झना खत्रीको अभिनय तथा नृत्य रहेको छ ।बिनोद खड्काको छायांकन रहेको गीतमा राजन के सी र इन्द्र भण्डारीको निर्देशन तथा राजन के सीको सम्पादन रहेको छ । थानेश्वर गौतम आफ्नो युटुब च्यानल बाट सार्बजनिक गरिएको गीत ४ अक्षरको नामलाई भब्य सफलता मिलोस बुटवल दैनिकको तर्फ बाट शुभ कामना ।।
हेरौ गीतको भिडियो
