• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  लेख तथा साहित्य

    कुशे औसी एवं कुशे औसी एवं बुबाको मुख हेर्ने दिन

  • चक्रपाणी डुम्रे
  • २०७७ भाद्र २, मंगलबार (६ साल अघि)
  • ५०४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    भाद्र कृष्णपक्षको अमावश्यालाई कुशे औंसी भनिन्छ ।कुश एक प्रकारको तृण वा घाँस  हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन ।कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अति आवश्यक र पवित्र वस्तु मानिएको छ। यस दिन ब्राह्माणले शास्त्रोक्त विधानअनुसार पूजा गरी शुद्धभूमिमा उमि्रएको कुशच्छेदन गरेर घरमा ल्याउँछन् । घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पौराणिक मान्यता अनुसार जलान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्यसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ ।कुशको महत्व ठुलो छ।यसै दिन कुस लाई विधिपूर्वक जरैबाट उखेलेर घरघरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व ,व्रत , पूजा ,संस्कार गर्दा प्रयोग गरिन्छ ।आधुनिक बिज्ञान अनुसार पनि कुशको महत्व धेरै भएको कुरा सिद्ध छ।दैनिक आधा घन्टा कुशको आसनमा बस्दा रक्तचाप को समस्या नहुने अनि कुशको जराले छाला सम्बन्धि चर्म रोग निको हुन्छ ।कुशमा कुनै प्रकारको किरा नलाग्ने हुदा पनि कुश पबित्र मानिन्छ । “स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणी। करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।” स्नान, दान,जप, होम, पाठपूजा पितृकार्य तथा सन्ध्या गर्दामा कुश अनिवार्य हुन्छ। ” ॐ विरिन्चिना सहोत्पन्न परमेष्ठिनिसर्गत:। नुद सर्वाणि पापानी दर्भ स्वस्तिकरो भव । ॐ हुं फट् स्वाहा।। यो मन्त्रले कुस ग्रहण गरिन्छ ।

    “कुशा:काशा: शरा दुर्वा यवगोधूमबल्वजा:।। सुवर्णां रजतं ताम्रं दशदर्भा: प्रक्रीर्तिता:।।” अर्थात् कुश, काश, शिरु, दुबो,जौ, गहू, बाबियो, सुन,चादी र तामा यी दश वस्तुलाई दर्भ भनिन्छ । कुश को अभावमा यी वस्तुलाई प्रयोग गरिन्छ । कुशेऔंसी लाई पितृऔंसी पनि भन्ने गरिन्छ । कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ ।

    यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाइ, कपडा लिएर आउँछन् । विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन् । छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन् । पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक गौरवमय धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्याएको हुन्छ । यसै दिन काठमाडौँको वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ। जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँछन् । स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। यश दिन गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । यो दिन पितालाई मान्ने गरिछ । आफ्नो बुवालाई मिठामिठा परिकार खुवाउने , बुवा दिवंङ्गत हुनेहरुले पिण्डदान, सिदादान तर्पण आदि गरेर बुवालाई सम्झने गर्दछन् । तसर्थ कुशेऔंसी पनि हाम्रो महत्त्वपुर्ण चाड अन्तर्गत पर्दछ ।अस्तु।
    लेखक नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्ष हुन् ..।

    • #कुशे औसी
    • #कुशे औसी एवं बुबाको मुख हेर्ने दिन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑