
आत्महत्या समस्याको समाधान हुँदै होइन । यो कायरताको परिमाण मानवताको उपहास हो। जस्ले जस्ले गलत निर्णय लिएर आफू त मर्यो मर्यो सारा परिवारलाई पनि जिन्दगीभरी असहा पीडा र बेदना बोकाएर जिउदै मारेर गयो । समस्याको विकल्प रोजौ आत्महत्या होइन ।
आजभोलि आत्महत्या गर्नेहरुको समाचार दिन पर्ती दिन आउदै गरेको छ । मानिसले किन गर्दछ आत्महत्या यो खोजको विषय बनेको छ । किन बढ्दै छ आत्महत्या ? विद्यालयमा पढने स–साना बालबालिकादेखि युवा, युवती, वयस्क र वृद्धहरुले समेत आत्महत्या गरेको तथ्यहरु फेला परेको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक बर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । अहिले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । नेपाल आत्महत्या गर्ने विश्वका देशहरुमा १७औँ स्थान पर्ने गरेको छ । नेपालमा बर्षेनी करिब ७ हजारले आत्महत्या गर्ने गरेको सरकारको तथ्याङ्क रहेको छ । अहिले भइ रहेको लकडाउनमा मात्र प्रदेश ५ मा मात्र ३५० जनाले आत्महत्या गरेको पाइएको छ । जस्मा केही दिन अघि दाङमा ३ दिन अघि चितवनमा फेसबुक लाइभ आएर आत्महत्या गरेको पाहिएको छ । अहिले आत्महत्या त एउटा खेल जस्तो भैसकेको जस्तो लाग्न लागेको छ । दिन दिनै यो बडो क्रममा देखिएको छ ।
जीवन कसैले सोचे जस्तो हुन्छ न रोजे जस्तो । कुन बेला कस्तो मोड कस्तो परीस्थिति आउछ आफै लाइ थाहा हुदैन । हजारौ सपना लाइ अंगाल्दै जिन्दगी अगाडि बढाई रहेको हुन्छ मान्छे । कति बेला कस्तो किसिमका बज्रपात आउछ चोट पर्दछ पत्तो समेत हुदैन । मान्छेको मन पनि मौसम जस्तै परिवर्तन हुन्छ तर जिन्दगी नै संघर्ष हो संघर्षनै जीन्दगीको जिउने आधार हो । जीवन सँग हार मान्नु हुदैन जीवनमा जस्तो पनि परिस्थिति आउने गर्दछ । तिनै नयाँ नयाँ चुनौती र परिस्थितिले जीवन के हो भन्ने बुझ्ने मौका लिएर आउछ नयाँ नयाँ चुनौतीहरुलाई सहज रुपमा स्वीकार गर्नको लागि क्षमता प्रदान गर्दछ । मानिसले समय अनुसार आइपरी आउने सबै कुरालाई सहज रुपमा स्वीकार गर्न नसक्दा बर्षेनी हजारौ मानिसले आत्महत्या गर्ने गरेका छन ।
तर किन मान्छे आत्महत्या सम्म पुग्दछ ? दिनदिनै जता ततै आत्महत्याको समाचार छापिन्छ । आत्महत्या रोग नभइ विभिन्न कारणले निम्ताउने समस्या हो। डिप्रेसन हो { मानसिक तनाब } । मानिसहरुले बिभिन्न किसिमका समस्या, रोग हरुको सामना गरिरहेको भेटिन्छ । संसारमा अहिले मानिसको मीर्तु हुने कारण बिभिन्न किसिमका रोग र आत्महत्या रहेका छन ।
दिनप्रतिदिन आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । बच्चा युवा बृद्दवृद्धाहरुले पनि आत्महत्या गरेको सुनिछ र देखिन्छ । आत्महत्याले बिकराल रुप लिएको पाईएको छ । बेला बेला आउने गरेका समाचारहरुले आम मानिस हरुलाई, लाई झन त्रसित गराएको छ । जो आफ्नो बच्चाहरु छोडेर उनिहरुको लालन पोषणको लागि देश भित्र लगाएत अन्य मुलुकमा रोजगारको सिलसिलामा रहदै आएका छन । सन्तानको भविष्यको लागि देशमा राम्रो रोजगार नभएको कारण र बढ्दो महंगीले नेपाल भारत लगाएतका अन्य देशका महिला लाई समेत बच्चा हरु बाट टाढा रहेर काम गर्न बाध्य बनाएको छ ।
बच्चा हरुको बढ्दो महत्वोकांक्ष उनि हरुको एक्लो पन र गलत संगतले नसालु पर्दार्थ एवम कुलतमा फंस्ने गरेको पनि भेटिन्छ । यस्तै विदेशमा रहेका अविभाबकहरु प्राय बच्चाहरु कुलतमा फसेको र कुलतमा फस्छन कि भन्ने चिन्तामा रहेको देखिन्छ । त्यही माथि जीवनलाई नबुज्दै गर्ने लिबिङ् टु गेदर रिलेसनशिप लगायतमा धोका, अबिस्वास र अपरिपक्को अवस्थामा रहेको अबैध गर्बधारणले युवा युबतीहरुलाई आत्माहत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्बृद्दाहरुले आफ्नै सन्तानबाट ब्यहोर्न परेको अपहेला र मानिसक तनाब आर्थिक अभाब , बिभिन्न किसिमका रोगहरुलाइ खप्न नसकेका कारण समेत आत्माहत्या गर्ने गरेको पाइन्छ ।
बिश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । आत्महत्या गर्नेमा आम नागरिकदेखि चर्चित सेलिब्रिटीहरु को संख्या उत्तिकै देखिन्छ । यति बेला भारतकि चर्चित कलाकार सुसान्त सिंह राजपुत को आत्महत्याले भारत लगाएत अन्य देशमा समेत सनसनी मच्चाएको छ । उनको आत्महत्याको कारण डिप्रेसनले गर्दा आत्महत्या गरेको खुलासा आएको छ । भारतमा पनि अन्य चर्चित व्यक्तिहरुले पनि आत्महत्याको बाटो रोजीसकेका छन । त्यस्तै नेपालमा जेनिसा खड्का,आलोक नेवांग , यम बुद्ध लगायत अन्य चर्चित ब्याक्तिहरुले पनि आत्महत्या गरेका छन ।
मनोवैज्ञानिकहरु भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउछन । त्यस्तै आत्मबल कम्जोर हुने व्यक्तिहरुमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ उ तुरुन्त आत्महत्या गर्ने तर्फ लाग्छन । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ता र मनोरञ्जन तिर मनलाइ मोड्दै समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाइ मनोवैज्ञानिक हरुको छ । यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधै अपुरो रहने गर्दछ ।
आखिर किन गर्छन मानिसहरूले आत्महत्या ? आत्महत्या गर्ने कारणहरुमा गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलता र जीवन असफलता मानसिक तनाब आदि इत्यादी कारणले मानिसहरु आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवनशैली कायम राख्न नसक्दा, ब्यापारिक घाटा , आर्थिक समस्या , आफन्तको मृत्यु , दैवीप्रकोप ,आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ति वा अपराधवोध, ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दिर्घरोग, नकारात्मक सोच , महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरु आफ्नो जीवन लिला आत्महत्याद्वारा समाप्त पारेको भेटिन्छ ।
संसारमा दु:ख,पीडा,समस्या ,अभाव,बाधा अड्चन र असफलता कस्ले भोगेको छैन र? ए हजुर जिवनको उपनाम नै संघर्ष हो । सत्यमार्ग,सत्कर्म र सकारात्मक सोछ बोकेर हरेक समस्या संग सामाना गर्दै जिवनलाइ सार्थक सिद्ध बनाउनु नै जिवनको मुल मर्म हो ! जीवन प्रकृतिको अमुल्य अनुपम बरदान हो । जीवन सुन्दर फुलेको फुल हो । आखिर सबैले एक न एक दिन यो संसार छोड्नु छ ।
मृत्यु धुर्ब सत्य हो। हामी नेपाली वीर गोर्खालीको सन्तान भनेर विश्व भरी नाम राखेका छन जो कहिले झुक्न जादैन ,लुक्न जान्दैनन् र हार खादैन भनेर नाम राखिएको छ तर पछिलो समयको यो आत्महत्याले यो सबै कुरालाई कुरामा मात्रै राखिएक्क जस्तो भाको छ । त्यसैले समस्याको समाधान खोजीमा लाग्नु ताकी आत्महत्या गर्ने सोचाइमा होइन । आशा गर्छु अबका दिनहरुमा यस्तो घटना कम होस ।


