• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  लेख तथा साहित्य

    ज्ञानको पर्व गुरु पूर्णिमा -ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)

  • चक्रपाणी डुम्रे
  • २०७७ अषाढ २१, आईतबार (६ साल अघि)
  • २५१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने
    गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका
    हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने
    मानवरूपी देवता नै गुरु हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको
    जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको
    व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
    महाज्ञानी महाभारतका प्रणेता अनेक पुराणहरूका प्रवक्ता
    अनि ज्ञानका प्रचारक वेदव्यासले वेदान्त, अठार पुराण,
    उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई
    ठूलो गुन लगाएको मानिन्छ ।

    संस्कृतमा भनिएको छः “गुरु र्व्रह्मा गुरु र्विष्णु गुरुर्देवो महेश्वर।
    गुरु: साक्षात् परम्ब्रह्मा तस्मै श्री गुरुवे नमः।” प्रस्तुत
    श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै भनेको छ -“गुरु नै ब्रह्मा
    हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकैभगवान शंकर हुन्,गुरु नै हुन्
    साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।” वैदिक
    कालदेखिनै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति
    शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।
    यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले
    विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा
    रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन
    समेत रहेको छ। तसर्थ वैदिक सनातन धर्मले मातापिता र गुरु सेवालाई
    नै परम धर्म र अन्यलाई उपधर्म मानेको छ ।

    संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ
    प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः
    गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो
    । यसबाट पनि अन्धकाररूपी अज्ञानताबाट
    प्रकाशरूपी उज्यालोका लागि मार्ग निर्देश गर्ने व्यक्ति नै गुरु
    भन्ने बुझाउँछ । गुरु भनेको ज्योति हो , पारसमणी हो जसको
    स्पर्शले फलाम पनि सुनमा परिणत हुन्छ। समजमा विद्यमान अज्ञानि
    र मुर्ख ब्यक्ति पनि ज्ञानवान,कुशल र इमान्दार बनेको इतिहास छ।
    पैराणिक ग्रन्थका आधारमा पनि सम्पुर्ण देवताका आदिगुरू नरायण
    ( विष्णु ) हुन् भनिएको पाइन्छ ।

    त्यसैगरी रामजस्ता ज्ञानी र आदर्श पुरूषले
    पनि वशिष्ठ लाई आफ्नो गुरु बनाएका थिए ।त्यसै गरि पण्डवहरूले
    आफू बनवास जादा कहिल्यै गुरूको अभाव नहोस् भनेर नै उनिहरूले
    धौम्यऋषिलाई गुरु बनाएका थिए । अर्जुनले पनि भगवान
    श्रीकृष्णलाई गुरु बनाएर युद्धमा विजय प्राप्त गरेका थिए ।
    समग्रमा गुरु भनेको अज्ञानरूपी अन्धकारलाई मेटाउने
    ज्ञानको ज्योति वा प्रकाश छर्ने दीप हो । गुरु बिना समाजमा
    कुनै पनि ज्ञान र सीपलाई प्राप्त गर्न गार्हो पर्दछ ।
    हरेक गाउँ ,समाज र रास्ट्रलाई दक्ष,अनुशासित र
    लगनशील ब्यक्तिको खाचो पर्दछ । अनि त्यस्ता
    व्यक्तिहरू उत्पादन गरि उनिहरूलाई मार्ग निर्देशन गर्ने आदर्श
    ब्यक्ति हो गुरु । त्येसैले पनि समाजमा त्यस्ता आदर्श ब्यक्ति
    गुरूजनहरू प्रती श्रद्धाभाव अभिव्यक्त गर्ने दिन पनि
    रहेकाले अषाढ शुक्ल पूर्णिमालाई रूपमा स्वीकार गर्दै
    मनाउने परम्परा रहेको हो। यसलाई ज्ञानको पर्व पनि मान्न सकिन्छ
    । तसर्थ गुरु पूर्णिमालाई राष्ट्रिय महत्त्व बोकेको धार्मिक पर्व हो
    भन्दा पनि अत्युक्ति नहोला । अस्तु ।

    • #ज्ञानको पर्व गुरु पूर्णिमा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑