• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  जीवनशैली

    महिनावारी हुदा किन पेट दुख्छ ?यसबाट छुटकारा पाउने केहि घरेलु उपायहरु हेरौं

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २५, आईतबार (६ साल अघि)
  • १४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डि’स्मेनोरिया भनिन्छ । कतिपय अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केही महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन ।

    फेसबुकमा पछ्याउनुहोस्

    दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ । प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ ।

    यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्माेनहरुको असन्तुलन हुन् । महिनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौ नाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौ न नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले पनि हुन सक्छ ।

    अत्याधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ । सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु, यौ न स’म्पर्क गर्दा यौ नाङ्ग दुख्नु, बाँ’झोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् ।

    यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन सक्छ । प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर टीको प्रयोग, अनियमित औषधीको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैमा रोग होइन तर अन्य रोगको लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचार तर्फ लाग्नु पर्छ ।

    दुखाई कम गर्न घरेलु तरिका

    दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ । महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ ।

    धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार

    एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।महिनावारीको दौरान एक चम्चा महमा घ्यू कुमारीलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ।

    पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७-८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् । तातो पानीले नुहाउनुहोस्: तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

    एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

    बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ । चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाई लाई मद्दत पुग्दछ ।

    योग तथा प्राकृतिक चिकित्सा

    महिनावारीका बेलामा रगत कम देखिएको छ र दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो कटिस्नान लिनाले तत्काल पिडा कम गर्दछ । यस्तो बेला बिहान र बेलकुा एक हप्ता सम्म २० ३० मिनेट लिनु लाभदायिक हुन्छ । उष्णपादस्नान ३८ देखि ४० डिग्री सम्मको तातो पानीमा ग्राम हालेर हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा डुबाउनु पर्दछ ।

    महिनावारी बन्द भएको तीन दिनपछि बाट महिनावारी सुरु हुनु ३ दिन अगाडि सम्म प्रत्यक दिन तातो कटिस्नान लिनाले, यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ । एनिमा र पेट ,कम्मर मालिस गर्नाले पनि पिडाबाट छुट्कारा पाउन सकिन्छ । नियमित थेरापेटिकल योग ,व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु पर्दछ ।

    • #महिनावारी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑