बुटवल ।
गित सँगितको क्षेत्रमा सानै उमेरमा आफ्नो नाम पहिचान गराउन सफल गायिका समीक्षा अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । समिक्षा अधिकारी र रदीपक वसन्त कार्कीको स्वरमा रहेको लोक दोहोरी गित “हिरो हिरोनी” का लागि संगित दीपक वसन्त कार्की ले गरेका हुन ।
गोविन्द पराजुलीले रेकर्ड गरेको गितलाई सुदीप सागरले एरेन्ज गरेका छन । सो गितको म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका छन भने सुरेश काफ्लेले ड्रोन उडाएका हुन । काजिस श्रेष्ठले निर्देशन गरेको गितका हिरो पल शाह र हिरोनीमा दीपिका प्रसाईं रहेको गित देख्न सकिन्छ ।