काठमाडौं । नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका ममता गुरुङ र गायक कृष्ण काफ्लेको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘ढुंगेधाराको’ बोलको गीतको भिडियो शुक्रबार कृष्ण काफ्लेको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो । आलोक श्रीको संगीत रहको उक्त गीतमा गायत्री ज्ञवालीको शब्द रहेको छ ।
माया प्रेमका कुराहरू गीतमा प्रस्तुत गरिएको छ । कृष्ण र ममताको गायिकी पनि गीतमा उत्कृष्ट लाग्छ । गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ ।
एक युवतीले एकैपटक २ युवकसंग प्रेम सम्बन्ध निभाइरहेको कथालाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । भिडियोमा गम्भीर विष्ट, गीता ढुंगाना र कृष्ण स्वयं फिचर्ड छन् ।
भिडियोका निर्देशक गम्भीर नै हुन् । भिडियोलाई आकर्षक फ्रेममा नवराज उप्रेतीले खिचेका छन् । नरेश कुमार विष्टले उत्पादन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।