काठमाण्डौं ।
नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक गरिएको छ ।
धन सम्पतीको लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा शंकर अधिकारी घायलको निर्देशन रहेकोछ ।
यो पनि पढ्नुहोस् ।
पौराणिक कथनअनुसार अयोध्याका राजा रामले लङ्काका राजा रावणले सीतालाई हरण गरी लैजादा उनीसँग युद्ध गर्न शक्तिको उपासना गरे । शक्ति स्वरुप भगवतीमाताको उपासना गरी श्रीरामले दुष्ट रावण सङ्गको युद्ध हुदा दशमीको दिन नै विजय प्राप्त गरेका थिए । त्यसै दिन विजया दशमी मानी टीका लगाउने परम्परा चलिआएको हो भन्ने भनाइ पनि छ । त्यसैगरी अर्को मान्यता अनुसार परापूर्वकालमा दैत्यहरूको आतंकबाट, आतंकित भएका देवताहरूले दुर्गा भवानीको आरधाना गरे, अनि दुर्गा भवानी पनि प्रकट भइन । त्यसपछि देवगणलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज महिषासुर आदि जस्ता असुरहरुको समेत विनाश गरि उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरिन ।
त्यसै खुसियालीमा देवीको पूजा गरेर नै पर्व मनाउने प्रचलन चलेको हो ।
यसरी सत्यको असत्यमाथि, अनि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको हुनाले पनि समाजमा यो पर्व विजया दशमी रहेको भन्ने जनविश्वास रहेको पाइन्छ । असत्य माथि सत्यको विजय, दानवीय स्वभाव माथि मानवीय स्वभावको विजय अन्यायमाथि न्यायको विजय हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि विजय नै विजया दशमी मनाउनुको उदेश्य हो ।