नेपाली गीत संगीतमा बिगत लामो समय देखि आफुलाई स्थापित गरुन सफल गायक एबम सर्जक नारायण बि पी परियार को अभिनय तथा आवाजमा यति बेला एउटा लोक दोहोरी गीत बजारमा आएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि गायक तथा सर्जक बिपी ले दर्शक तथा श्रोता माझ दशैँ गीत पस्केका छन् । परदेशी नामाक गीतमा आवाज भेरका गायक बि पी लाई चर्चित गायिका देवी घर्ति मगरले साथ् दिएकि छन् । बबी जिसीको लय तथा शब्द रहेको गीतमा म्युजिक एरेन्ज भने केशब बडुले गरेका छन् ।
निकै लामो समय देखि नेपाली लोक संगीतमा आवद्द बिपी ले गीत “परदेशी ” मा अभिनय समेत गरेका छन् ।लोक दोहोरी गायिका बिष्णु श्रीपाली र गायक बीपीको अभिनय रहेको म्युजिक भिडियो भने लोक लोक दोहोरी गायक बिक्रम बाबु बिस्वकर्मा ले निर्देशन गरेका छन् । शोभाखर पन्तले छायांकन तथा सम्पादन गरेको गीत ”परदेशी” गायक तथा मोडेल नारायण बिपी को युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
गीत परदेशीले दर्शक तथा श्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फ बाट शुभ कामना ।।
हेरौ गीतको भिडियो