काठमाण्डाैं, भदाै ११ । नेपाली सुगम सङ्गितको बजारमा दिनहुँ एक से एक म्युजिक भिडियो आई रहन्छन । पछिल्लो समय लोक तथा आधुनिक दुबै बिधामा आफुलाई पोक्त सावित गर्दै आईरहेका मोडल ओबि रायमाझीको अभिनयमा नया म्युजिक भिडियो “मेरो नशा नशा”मा सार्वजनिक भएको छ।
उक्त गितमा शब्द अम्बिका गुरुङको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार अर्जुन पोखरेलले भरेका छन।साथै अस्मिता अधिकारी र कृष्ण काफ्लेको दमदार आवाज दिएका छन । सङ्गितकार पोखरेल नेपाली सुगम सङ्गितका एक अग्रपंक्तिमा पर्ने सङ्गितकार हुन । त्यसैले गर्दा पनि उक्त गित माथी धेरै आशा गरिएको छ । मिठास शब्दहरुमा सङ्गितकारले शब्दहरुलाई भरपुर न्याय दिदै निकैनै मिठास र झुमिन सक्ने सङ्गीत भरेका छन् ।
म्युजिक भिडियोमा अहिलेका ब्यस्त मोडल ओबि रायमाझीको साथमा नया डेब्यु गरेकि अन्जना कडेलको अभिनय देख्न सकिन्छ । मोडल ओवि आफैमा अब्बल मोडल सावित गर्ने क्रममा यस म्युजिक भिडियोमा पनि निकैनै उत्कृष्ट अभिनय बाट आफ्ना फ्यानहरुलाई भिडियो मा अल्झाएका छन । डेब्यु भएपनि अन्जना ले पनि भिडियोलाई न्याय दिनेगरी अभिनय गरेकी छन । दर्शकले भिडियोमा उक्त दुईको अभिनय एकदमै अब्बल मान्नेमा धेरैको आशा छ ।
निर्देशक क्रान्ति केसिले निर्माण गरेको भिडियो उत्कृष्ट देखियको छ । उनले गितको हर भावलाई न्याय पुग्ने गरि विभिन्न रमणीय ठाउमा गितको छायांकन गरेका छन । समग्रमा गित मीठो बनेको छ । टङ्क कडेलको प्रस्तुती रहेको म्युजिक भिडियो सबैकुरा बाट मिठास बनेको छ । भिडियो ओबि रायमाझी युटुब च्यानल बाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ।