बुटवल :- नेपाली गीत संगीतका दुई पाटा चाहे लोक संगीत होस चाहे सुगम संगीत होस् यहि गीत संगीतको भिडमा एउटा निकै चर्चित नाम छ सन्तोष के सी । बिगत लामो समय समय देखि नेपाली गीत संगीत क्षेत्रमा आवद्द गायक तथा सर्जक सन्तोष के सी को यति बेला एक मौलिक लोक दोहोरी गीत ”पियारु ”बजारमा आएको छ ।
सन्तोष के सी र कमला पोख्रेलको सुमधुर आवाज रहेको गीत पियारुमा शब्द सुरज गैह्रे र लय सन्तोष के सी को रहेको छ ।नेपाली लोक संगीतमा मौलिकपन हराउदै जादा ,मौलिक भाका हराउदै जादा गायक तथा सर्जक के सीको यो मौलिक भाकाले मौलिक भाकाको मौलिक पनको झल्को मेटाएको छ । कमल सौरागको एरेन्ज रहेको गीत पियारु मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको ध्वनि सम्पादक कुमार रानाले गरेका हुन् ।
गीत पियारुको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । अनु शाह र रमेश के सीको अभिनय रहेको गीतमा अजय रेग्मीको छायांकन रहेको छ ।शिव पौडेलको सम्पादन रहेको गीत पियारु सन्तोष के सी को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।गीत पियारुले दर्शक स्रोताको माया धेरै भन्दा धेरै बटुल्न सफल होस् बुटवल दैनिकको तर्फ बाट शुभ कामना ।।
हेरौ गीत पियारुको यो भिडियो..