नेपाली लोकदोहोरी गायिका शान्ति श्री परियारको आवाजमा दशैँ गीत बजारमा आएको छ ।बिजय सुनामको लय तथा शब्द रहेको गीत आउन पाईंन घरमा शान्ति श्री परियारलाई स्वरमा साथ दिएका छन् रामचन्द्र खाम्चाले ।
गाऊँ घरमा आफुले दुख पाएको र त्यहि दुख सुख बाँड्दै आफ्नो पियारा र पियारिको काखमा दुख पोख्दै रुने धोका रहेको भाव गीत ‘आउन पाईन घर’मा समेटिएको छ ।
अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीत आउन पाईन घरको म्युजिक भिडियोमा निर्देशन ,छायांकन तथा सम्पादन चर्चित निर्देशक बिष्णु भट्टराइले गरेको गरेका छन् । भिडियोमा सन्तोष शर्मा ,परि शर्मा ,रक क्षेत्री ,सोफिया बोहोरा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।अविरल फिल्म्सको युटुब च्यानल बाट सार्बजनिक गरिएको गीत आउन पाईन घरले राम्रो सफलता हात पारोस बुटवल दैनिकको तर्फ बाट शुभ -कामना ।।’
हेरौ गीतको भिडियो..