स्याङजाली भजन गायक लोकेन्द्र सापकोटाको निर्देशनमा नयाँ लोक भजन श्रीकृष्ण बाला सार्बजनिक भएको छ। गायक राजेश न्यौपाने र तेजु सापकोटाको स्वर रहेको उक्त भजनमा लोकेन्द्र सापकोटाको शब्द तथा राजेश न्यौपानेको सङ्गीत रहेको छ। छायांकन कृष्ण प्रसाद ज्ञवाली र शोभाखर पन्तको छ भने सम्पादन कलरिङ शोभाखर पन्तको रहेको छ। जसको छायांकन कामधेनु गौसाला देवदह भलुहिमा भएको हो । सिस्टर सोसाइटी बुटवल -९ का आमासमुहको समेत सहभागिता रहेको भजनमा लोकेन्द्र ,ऋचा ऋला,अमृता ,रितिका,आयुस्मा,रक्षा,र अन्य कलाकारको अभिनय रहेको छ ।
भजन निर्माण हाम्रो संगीत अनलाईनले गरेको हो । दृश्य निर्माण एस आर मुभी बुटवलले गरेको हो भने राजेश न्यौपाने युटुब च्यानल बाट बजारमा आएको छ ।उत्त भजनमा गोपिनि र कृष्ण सम्बन्धि सम्बाद रहेको शब्दकार तथा निर्देशक सापकोटाले जानकारी दिनुभएको छ।
हेरौ उक्त भजनको भिडियो