• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली कामदारलाई कोरियामा रोजगारीका लागि नयाँ क्षेत्र खुल्ला, यसरी सजिलै जान सकिने

      ४ मिनेट अघि

      सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

      ४२ मिनेट अघि

      भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

      ५६ मिनेट अघि

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      १ घण्टा अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      १ घण्टा अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      २ घण्टा अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      २ घण्टा अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      २ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      २ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      २ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      ३ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      ३ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      ३ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      ३ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      ३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    कुशे औसी एवं कुशे औसी एवं बुबाको मुख हेर्ने दिन

  • चक्रपाणी डुम्रे
  • २०७७ भाद्र २, मंगलबार (१ साल अघि)
  • १६२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    भाद्र कृष्णपक्षको अमावश्यालाई कुशे औंसी भनिन्छ ।कुश एक प्रकारको तृण वा घाँस  हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन ।कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अति आवश्यक र पवित्र वस्तु मानिएको छ। यस दिन ब्राह्माणले शास्त्रोक्त विधानअनुसार पूजा गरी शुद्धभूमिमा उमि्रएको कुशच्छेदन गरेर घरमा ल्याउँछन् । घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पौराणिक मान्यता अनुसार जलान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्यसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ ।कुशको महत्व ठुलो छ।यसै दिन कुस लाई विधिपूर्वक जरैबाट उखेलेर घरघरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व ,व्रत , पूजा ,संस्कार गर्दा प्रयोग गरिन्छ ।आधुनिक बिज्ञान अनुसार पनि कुशको महत्व धेरै भएको कुरा सिद्ध छ।दैनिक आधा घन्टा कुशको आसनमा बस्दा रक्तचाप को समस्या नहुने अनि कुशको जराले छाला सम्बन्धि चर्म रोग निको हुन्छ ।कुशमा कुनै प्रकारको किरा नलाग्ने हुदा पनि कुश पबित्र मानिन्छ । “स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणी। करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।” स्नान, दान,जप, होम, पाठपूजा पितृकार्य तथा सन्ध्या गर्दामा कुश अनिवार्य हुन्छ। ” ॐ विरिन्चिना सहोत्पन्न परमेष्ठिनिसर्गत:। नुद सर्वाणि पापानी दर्भ स्वस्तिकरो भव । ॐ हुं फट् स्वाहा।। यो मन्त्रले कुस ग्रहण गरिन्छ ।

    “कुशा:काशा: शरा दुर्वा यवगोधूमबल्वजा:।। सुवर्णां रजतं ताम्रं दशदर्भा: प्रक्रीर्तिता:।।” अर्थात् कुश, काश, शिरु, दुबो,जौ, गहू, बाबियो, सुन,चादी र तामा यी दश वस्तुलाई दर्भ भनिन्छ । कुश को अभावमा यी वस्तुलाई प्रयोग गरिन्छ । कुशेऔंसी लाई पितृऔंसी पनि भन्ने गरिन्छ । कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ ।

    यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाइ, कपडा लिएर आउँछन् । विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन् । छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन् । पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक गौरवमय धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्याएको हुन्छ । यसै दिन काठमाडौँको वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ। जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँछन् । स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। यश दिन गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । यो दिन पितालाई मान्ने गरिछ । आफ्नो बुवालाई मिठामिठा परिकार खुवाउने , बुवा दिवंङ्गत हुनेहरुले पिण्डदान, सिदादान तर्पण आदि गरेर बुवालाई सम्झने गर्दछन् । तसर्थ कुशेऔंसी पनि हाम्रो महत्त्वपुर्ण चाड अन्तर्गत पर्दछ ।अस्तु।
    लेखक नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्ष हुन् ..।

    • #कुशे औसी
    • #कुशे औसी एवं बुबाको मुख हेर्ने दिन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    आमाको माया

    मेराे वास्तविक अन्तर कथा

    आमा तिमी साच्चिकै महान छाैँ सङ्घर्ष गर्दै हाँस्न र बाँच्न सिकायाैँ

    त्यो मेरो मान्छे

    स्थानिय तहको निर्वाचनमा स्व-विवेक प्रयोग गरौँ

    मन परेकी केटी भाउजु भएर आएपछि …

    समाचार

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑