चर्चित गायक एबम सर्जक नरेश खाती क्षेत्रीको ”मेरो बाबा भगवान” नामक गीत सार्बजनिक भएको छ । बिगत लामो समय देखि संगीत क्षेत्रमा आवद्ध खातीका हरेक सिर्जनाले दर्शक स्रोताको मन जित्न सफल भएका छन ।पछिल्लो समयमा दर्शक स्रोताले अत्याधिक रुचाएको गीत माया मारेर पछि यो गीत मेरो बाबा भगवान सार्बजनिक गरेका छन् ।
नरेश खाती क्षेत्रीकै शब्द संगीत रहेको गीतमा एलिना चौहान र नरेश खाती क्षेत्रीको सुमधुर आवाजमा रेकर्ड भएको गीतको संगीत संयोजन भने बिशाल निरौलाले गरेका छन् । प्रिज्म डिजिटल रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन स्याम स्वेत रसाईलीले गरेका छन् ।
अजय रेग्मीको छायांकन र निरन्जन के सीको सम्पादन रहेको गीत मेरो बाबा भगवानको भिडियो निर्माण बने डेकोन पिक्चर्सले गरेको छ ।मेक्सम नरेश अफिसियल च्यानलबाट सार्बजनिक गरिएको गीतले बिगतका गीतले जस्तै यो गीतले पनि दर्शक स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फ बाट शुभ कामना ।।
हेरौ गीत मेरो बाबा भगवानको यो भिडियो …