• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    “श्रीकृष्ण जन्माष्टमी र भगवान श्रीकृष्ण “

  • बुटवल दैनिक
  • २०७७ श्रावण २७, मंगलबार (६ साल अघि)
  • २२२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भाद्र कृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व हो कृष्ण जन्माष्टमी। कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवको दिन हो ।
    श्रीकृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्दछन । कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी भक्तहरूले ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ । यस दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् ।

    महाभारतमा उल्लेख भए अनुसार प्राचीनकाल द्वापर युगको अन्त्यमा भारतको मथुरा राज्यमा उग्रसेनले राज्य गर्दथे ।
    उग्रसेनालाई उनकै पुत्र कंसले राजगद्दीबाट हटाएर आफु राजा भएको थियो । उग्रसेनकी पुत्री देवकीको विवाह मथुराकै वसुदेवससंग भएको थियोे ।कंस राजगद्दीमा बसेपछि आतंकको राज्य चलायो। उ आफ्नै बहिनी देवकी र बसुदेवलाई घर पुर्याउन जादा ” देवकीको आठौं पुत्रले तेरो बध गर्नेछ” भन्ने आकाशवाणी सुन्यो ।

    त्यसपछि कंसको क्रोधको सिमा रहेन । तेसपछी देवकी र बसुदेवलाई कारागारमा थुन्यो र उसले देवकी को छैटौं गर्ब बाट जन्मका शिशुलाई निर्ममता पुर्बक हत्य गरो । सातौ गर्भलाई भने वसुदेवकी जेठी पत्नीको गर्भमा सारेको कथा पाइन्छ तिनै सातौ पुत्र बलराम कृष्णका दाजु हुन । भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्र बुधबार रात्रीको समयमा देवकिका गर्भबाट आठौं बालक भगवान श्रीकृष्णको जन्म भएको हो । उनै भगवान श्रीकृष्णले कंसको बध गर्नु भएको हो ।

    भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यहि युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । भगवान श्रीकृष्णले आफ्नै सारथीका रुपमा रहेका अर्जुनलाई उनको दीनहीनताप्रती सहानुभूति दर्शाउदै ज्ञान,कर्म र भक्ती भएको गीताको उपदेश दिनुभएको छ। यसमा अठार अध्यायहरु रहेका छन् । गीता त्यो दिब्री ज्ञान हो , जसलाई वेदान्तको सारभूत ज्ञान मानिएको छ । गीता अध्यात्मबिज्ञानसम्बन्धि अहिलेसम्म उपलब्ध कृतिहरूमा अद्वितीय मानिन्छ । आज पश्चिमी मुलुकमा र आधुनिक विद्याकेन्द्रहरूमा समेत अनिवार्य रुपमा गीताको अध्यन अध्यापन गर्ने गरिएको देखिन्छ । विश्वमा प्रचलित धेरै भाषाहरुमा गीताको अनुवाद भैसकेको छ। गीताको ज्ञानयोग कर्मयोग र भक्तियोगको धारण गरेर परम सिद्धि आवस्यक देखिन्छ । गीतामा ज्ञान समान पबित्र अर्को कुनै चिज नभएको उल्लेख गरिएको छ।
    त्यस्तै भक्तीयोगका माध्यम बाट परम पद पाप्त गरेका कुरा पनि उल्लेख छन् । राजा जनकले कर्म गरेरनै सिद्धि पाप्त गरेका कुराहरु गीतामा उल्लेख छन् ।

    भगवान श्रीकृष्णले गीता भन्नु भएको छ “कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन” कर्म गर्नमा तिम्रो अधिकार छ , तर कर्मको फलमा कहिल्यै अधिकार छैन । त्येसैले तिमी कर्मफल प्राप्तिको कारण नबन । त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले उक्त कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउछ । जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ तेस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन ।आज शिक्षक, पत्रकार, वकिल,अधिकृत ,नेता, न्यायाधीश , ब्यापारी,कर्मचारी , विद्यार्थी सबैले आ-आफ्नो कर्म गरेका छन् तर पनि सन्तुष्ट छैनन् यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् । तसर्थ कर्म फल प्रति कुनै पनि अपेक्षा नराखी निरन्तर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ । आज बर्सेनि श्रीकृष्णजन्माष्टमी मनाउदै गर्दा भगवान श्रीकृष्णले भगवतगीतामा उल्लेख गरेका ज्ञानलाई धारण गर्न आवश्यक देखिन्छ। जीवनलाई सार्थक बनाउन सत्कर्मको आवश्यक छ। फलमा अपेक्षा नराखी सदैव रहित र परसेवाका निम्ति गरिएका कर्मनै सत्कर्म हुन् ।तसर्थ हामीपनि निस्काम कर्म तर्फ अभिमुख हौं । यसमा नै सबैको भलो छ । अस्तु ।
    लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।

    • #श्रीकृष्णजन्माष्टमी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑