बिशाल मुभिज प्रा.लि. मार्फत चर्चित लोक गायक तथा सर्जक हुम गैरेको मार्मिक एकल लोक गीत निस्दी तरेर बजारमा सार्वजनिक भएको छ ।
बिभिन्न शिलशिला अनि कार्य ब्यस्तताका कारण आफ्नो जन्म घर छोडी धेरै टाढा रहनु पर्ने बाध्यता संगै जन्मेको,हुर्केको,खेलेको गाउँ ठाउँँको स्वर्णीम याद गीत मार्फत गरियको छ । गायक गैरे कै लय,शब्द तथा निर्देशन रहेको गीतलाई धिरज खत्रीले खिचेका छन् भने गीतमा बरिष्ठ चलचित्रकर्मी रमा थपलिया,हुम गैरे,रमा ठकुरी र भुवन चौलागाईको जिबन्त अभिनय रहेको छ ।
झरी परेर घर छेउ कै बर पिपल पहिरोले बगायको निस्दी खोला उर्लियका कारण बाटो घाटो बन्द भई गाउँ फर्किन नपाएको सामाजिक यथार्थ बिषय बस्तु गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरीयको छ । चर्चित हुन,हिट हुन,ब्यवसाय गर्न भन्दा नी नितान्त आत्म सन्तुष्टीका लागी यो गीत गायको गीतका गायक गैरे बताउँछन् । मर्म स्पर्सी एकल लोक गीत निस्दी तरेर लाई सफल्ताको शुभकामना ।।।
हेरौ गीतको भिडियो