• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ४३ मिनेट अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ५८ मिनेट अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      १ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      १ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १३ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      १४ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      १५ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      १५ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      १५ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      १५ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      १६ घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      १६ घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      २१ घण्टा अघि

      सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

      २१ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    आज साउन १५ खीर खाने दिन ,आज किन खाने गरिन्छ खीर हेरौ पुरा विवरण ..

  • बुटवल दैनिक
  • २०७७ श्रावण १५, बिहिबार (७ महिना अघि)
  • १९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

    बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्की भन्नुहुुन्छ, “खीर धेरैको प्रिय भोजन हो । यसको सांस्कृतिक र औषधिजन्य महìव छ ।” खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

    डा. कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुुणका छन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । “खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,” डा. कार्की भन्नुहुुन्छ ।

    ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा. कार्कीको भनाइ छ ।

    वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खीर भोजनको आफ्नै महìव रहेको वैद्यराज बताउनुहुन्छ । फिजिसियन जेनर लामा भन्नुहुन्छ, “वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन हो ।”

    उहाँका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खीर बनाउने चलन छ । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. सत्यमोहन जोशी बताउनुुहुन्छ । उहाँका अनुसार नेपालमा मात्रै नभएर भारतमा पनि साउनमा खीर खाएमा शुभ हुने मान्यता छ ।

    “साउनमा मासु खानुु उपयुुक्त हुुँदैन, पहिले दूधको परिकार खानुपर्छ,” संस्कृतिविद् जोशीको भनाइ छ । हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ । खीर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । दूध बाक्लिएपछि चिनी, मसला हाल्ने अनि सग्लो चामलको दानालाई भैँसीको घ्यूमा मोलेर दूधमा मिसाउनुपर्छ । मलमलको कपडाले छोपेर आगोको रापमा होइन, आँचमा पकाउँदा राम्रो हुन्छ । ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा खीर स्वादिष्ट हुन्छ ।

    उता लामो समयदेखि पाक्दै आएको खीर पशुपतिमा पाक्न छोडेको छ । तत्कालीन राजा रणबहादुर शाहको मृत्युपछि उनको जय मनाउँदै प्रत्येक साउनको सप्तमी तिथिका दिन ३० पाथी गाईको दूधमा १२ पाथी चामलबाट तयार गरिनुपर्ने खीर पाक्न छोडेको निकै वर्ष भइसकेको छ ।

    • #खीर खाने दिन

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    मन भित्रको जिन्दगी

    पदम गौतमको उपन्यास ‘विश्रामपुर’ सार्वजनिक

    सरस्वती पुजा के हो ?

    शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा ?

    विद्यार्थी जीवनमा राजनितीले पारेको असर

    मैथिली कविता “दहेजक पीडा”

    समाचार

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    सडक पार गर्दै गरेकी छात्राको मृत्यु

    नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०६ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑