तीजका गीत सार्बजनिक हुने क्रम जारी रहेको बेला यहि भिडमा एउटा मौलिकता झल्किने तीज गीत बजारमा सार्बजनिक गरिएको छ । चर्चित गायिका शान्ता रानी परियारको प्रस्तुतिमा तीज गीत आधि बाटो सांगीतिक बजारमा आएको हो । गायिका शान्ता रानी परियार र खेम सेंचुरीको आवाज रहेको गीत आधि बाटोमा खेम सेंचुरीको लय तथा नेत्र अर्यालको शब्द रहेको छ ।
प्रकाश भट्टको निर्देशन ,नवराज उप्रेतीको छायांकन तथा बिस्नु शर्माको सपादन रहेको छ । गीतमा अन्जली अधिकारी र खेम सेंचुरीको नृत्य देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियो पृथ्बी ईन्टरटेनमेनटको युट्युब च्यानल बाट सार्वजानिक गरिएको छ । गीत आधि बाटोले दर्शक तथा स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फ देखि शुभ कामना ।।
हेरौ गीतको भिडियो …