नेपाली लोक संगीतमा एउटा गहकिलो तथा निकै मिठो आवाजका धनि गायक भनेर चिनेनी लोक दोहोरी गायक पुरूषोत्तम गैरेले २०७७ सालको तीज गीत बजारमा ल्याएका छन् ।
माइतीको पिरलो नामक तीज गीतमा कोरोना सताइरहेको बेला तीजको अवसर पारेर माइती घरमा जादा दाजु भाई ले दिदि /बहिनीलाई कोरोनाको कारण तिमि अहिले यहा नबस,आफ्नै घर फर्केर जाउ,माइति घर बस्न हुदैन भनेर माइतीले बचन लगाउदै घर बाट फ़र्काईदिएको कथा बस्तु समेटिएको छ ।
चर्चित गायक खेम चेन्चुरी ,गायिका शर्मिला गुरुङ र गयाक पुरुषोत्तम गैरेको आवाज रहेको गीतमा लय/शब्द गायक गैरेको नै रहेको छ । गीत ”माइतीको पिरलो” म्युजिक भिडियोमा चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन,छायांकन तथा सम्पदन गरेका छन् । सन्तोष शर्मा ,कल्पना पाण्डे ,हरि सुबेदी लगाएत अन्य कलाकारको अभिनय देख्न सकिन्छ ।
शुभतारा म्युजिकको युट्युब च्यानल बाट सार्बजनिक गरिएको तीज गीत माइतीको पिरलोले दर्शक स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फ देखि शुभ कामना ।।
हेरौ म्युजिक भिडियो ।।