बुटवल :- गीत संगीतमा एउटा उदाउंदो नाम हो मंजु भट्टराई । आवाजमा मिठास पन भएकी गायिका मंजु भट्टराईको यसपालिको तीज गीत ‘यो केटा पल्क्यो बरिलै ‘नामक गीत बजारमा आएको छ ।बिशेषत: तीजमा नेपाली नारीहरुले आफ्नो मनका भावना तथा बेदना र पिडा गीत मार्फत सबैलाई सुनाउने गर्छन । गायिका मंजुले पनि आफ्नो जवानी छल्केको र कोहि केटो जवानिकै लागि पल्केको भाव प्रस्ट पारेकी छन् ।
चर्चित संगीतकार तथा गायक खेम सेन्चुरीको संगीतमा भट्टराई र सेंचुरिको आवाज रहेको गीतमा सर्जक नेत्र अर्यालको शब्द रहेको छ । बिनोद बाजुरालीको एरेन्ज ,बिमल छिनालले रेकर्ड गरेको गीत ‘यो केटो पल्क्यो बरिलै’ मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । प्रकाश भट्टको निर्देशन ,नवराज उप्रेतीको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको गीतको म्युजिक भिडियोमा खेम सेन्चुरी र रक्षा श्रेष्ठको अभिनय रहेको छ ।
खेम सेंचुरिको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरिएको तीज गीत ‘यो केटो पल्क्यो बरिलैले’ दर्शक स्रोताको मन जितोस बुटवल दैनिकको तर्फ बाट शुभ कामना ।।
हेरौ भिडियो …