• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  लेख तथा साहित्य

    माहानायक राजेश हमाल नै हुन् ,अरु सबै हास्य कलाकार हुन् – दिल निशानी मगर

  • बुटवल दैनिक
  • २०७७ अषाढ २८, आईतबार (६ साल अघि)
  • ११०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    राजेश हमाल महानायक हुन् कि हैनन् भन्ने विषयमा अब नेपालमा ‘गृहयुद्ध’ नै हुन्छ कि भन्ने खतरा पैदा भैसकेको छ । राजेश हमालको पक्षमा पुराना जमानाका कलाकारहरू एकाएक जुर्मुराएर युट्युबदेखि टेलिभिजन अन्तर्वार्तासम्ममा बोल्न थालेका छन् । राजेश हमालको डायलग सुनेर हुर्किएका युवाले सामाजिक सञ्जालमा आगो नै सल्काएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    चलचित्रमा प्राय गुण्डाको रूपमा उपस्थित हुने राजेन्द्र खड्गीले त राजेश दाइजस्तो हिरो अब यो धर्तीमा कहिल्यै पैदा नहुने भनेर ठोकुवा गरिसकेका छन् । राजेन्द्र खड्गीलाई कुनै जमानामा हेटौंडामा हातले हानेर राँगो ढालेको आरोप लागेको थियो । राजेश दाइको फाइट कहिलेकाहीँ साँच्चिकै लाग्दा रिस उठेपनि उनले महानायक राजेश हमाल नै हो भनेर च्यालेञ्ज दिएका छन् । दीपाश्रीलाई सानो फुच्ची बैनी, दाइ–दाइ भन्दै अस्तिसम्म चोभारमा छायांकन गरेको हेर्न आउने नानी भनेका छन् ।

    महिला भनेर हेपेको होला नि, भनेर दीपाश्री निरौलाका पक्षमा पनि उनका निकटका मानिसहरू सामाजिक सञ्जालको लडाइँमा व्यस्त छन् । ‘यूएस पटक–पटक गएकी तर अमेरिका पहिलोपटक पुगेकी’ एकजना नायिका पनि दीपा दिदीको समर्थनमा उत्रिएकी छन् । पत्रकारले आफ्नो टीआरपी बढाउन उल्टोसुल्टो प्रश्न गर्ने भएकाले अबदेखि चनाखो हुन दीपकराज गिरीले तमाम कलाकार जगतलाई उपदेश दिएका छन् । घुमाउरो तरिकाले दीपालाई काखी च्याप्नु दीपकको कर्तव्य होला ।

    यो कुरा सत्य हो कि, रेडियो नेपालको धनियाँ र नेपाल टेलिभिजनमा एक हास्य कलाकारको रूपमा ख्याति कमाएकी दीपाश्री निरौलाको हाड नभएको जिब्रो चिप्लियो वा योगा ध्यानमा समाहित हुन नसकेको आत्मा भड्कियो त्यो त पशुपतिनाथ नै जानुन् तर उनले राजेश हमाललाई जनताले माया, सम्मान र प्रेमका साथ दिएको उपाधि ‘महानायक’ माथि प्रश्न उठाउने उनको कुनै हैसियत थिएन । उनको त्यस प्रकारको हैसियत निर्माण भैसकेको भए सामाजिक सञ्जालमा आगलागी हुने थिएन । आगलागी निभाउने दमकल अझैसम्म भेटिएको छैन ।

    दीपाश्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उपेन्द्र पौड्याल नामका एक व्यक्तिको आक्रोश छ, ‘दीपाका लागि महानायक भनेपनि महामानव भनेपनि केवल दीपकराज गिरी हो ।’ उनको स्टाटसमा थप कुरा पनि उल्लेख छ, जसलाई यहाँ उद्धृत नगरौं ।

    सामाजिक सञ्जालमा यस्ता आक्रोश लाखौं छन् । त्यस्तै शर्मिला रोका नाम गरेकी नानीले फेसबूकमा लेखेकी छन्- ‘दीपाश्री तिम्रो अभिनय हामीले हेरेका छौं । गोठको भैँसी पनि हामी आफैँ हेर्ने गरेका छौं । अति भयो, एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुहोला ।’

    दर्शकका यस्तै आक्रोश देखेर हाल दीपाश्री निरौलाजी ‘पेनिक’ भएकी छन् र उनमा एक प्रकारको डिप्रेसन देखा परेको चलचित्र जगतको बारेमा लेखिरहने केही पत्रकार मित्रहरू बताउँछन् । यो कुरा साँचो भएर नै होला दीपाश्री निरौला निकटका केही कलाकारहरूले उनको पक्षमा फेसबूकमा स्टाटस लेखिरहेका छन् । नायिका केकी अधिकारीले त महिला भनेर दीपाश्री दिदीलाई नहेप्न भनेर कताको कुरा कता पुराएर मोडेकी छिन् । म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा भनेजस्तो छ केकीको बचाउ ।

    के दीपाश्री निरौला राजेश हमालको बराबरी हैसियतमा पुगेकै हुन् त ? अथवा उनी चलचित्र निर्मात्री भैसकेपछि अन्य महानायकहरू जन्मिएका हुन् त? दर्शकले भनेजस्तै दीपाका लागि महानायक अर्कै व्यक्ति हुन् त ? यस्ता प्रश्नहरू पनि जन्मिएका छन् । तर दर्शकको मात्रै कुरा हैन यो विवादपश्चात मिडियामा आएका दर्जनौं चलचित्रकर्मी तथा निर्माता/निर्देशकले दीपाले आफ्नो मुखमा आफैँ थुकेकोसम्म भन्न भ्याएका छन् । यसरी अचानक विवादमा तानिएपछि दीपाश्री निरौलाको जीवन नै ‘छक्कापञ्जा’ जस्तो भएको छ ।

    नेपली चलचित्र विकासका लाथि धेरै योगदान दिएका तथा कलाकार समेत रहेका युवराज लामाको कथन पनि यस्तै थियो । केही चलचित्र चल्यो भन्दैमा आफू कहाँबाट आएको हो, आफ्नो धरातल के हो र नेपाली चलचित्र यहाँसम्म कसरी आइपुग्यो भनेर नबिर्सिन दीपाश्री निरौलालाई उनले अनुरोध गरेका छन् । उनले भनेका छन्- राजेश हमाल कलाकार (हिरो) मात्र हैन उनको जस्तो पर्सनालिटी अरू सिनेमाकर्मीको नभएको उनको तर्क छ ।

    मेरो पनि यही तर्क छ । दीपाश्री निरौलाले अग्रजको सम्मान गर्न सिक्नुपर्छ । अलिकति घमण्ड, अलिकति दम्भ जो छ, त्यो त्याग्नुपर्छ । कोही पनि मानिस सदाबहार हुन सक्दैनन्, तर पक्कै नायकत्व ग्रहण गर्न सक्छन् । आफ्नो आयतन अनुसारको परिधि निर्माण गर्नु राम्रो हो । म कुनै नेपाली चलचित्रको विश्लेषण गर्न सक्ने रंगकर्मी नभए पनि बाघले नचिनेको वन हैन, वनले नचिनेको बाघ हैन । नेपाली चलचित्रको सन्दर्भमा राजेश हमालको महानायकत्वको सन्दर्भमा कुनै दुईमत रहनु हुँदैन । उनले महानायकको उपाधि प्राप्त गरिसकेका छन्, आफ्ना प्रिय दर्शकको मायाबाट । महानायक भाग दुई यही शताब्दीमा जन्मिन्छ भन्नेमा मलाई कुनै भरोसा छैन ।

    नायकत्व के हो? मानिसले कतिखेर नायकत्व प्राप्त गर्छ? र कसले दिन्छ उसलाई नायकत्व ? के मदन भण्डारी वास्तवमा जननेता नै थिए त ? जननेताको पगरी मदन भण्डारीलाई कोमार्फत मिल्यो? सरकारले दियो कि राज्यले दियो कि ? हैन मदन भण्डारीलाई जननेता भनेर जनताले भन्यो, जनताले नै दियो जननेताको उपाधि । बीपी कोइरालालाई पनि जननायक भन्ने गरिन्छ । कसरी भए बीपी कोइराला जननायक ? कसले दियो उनलाई जननायकको उपाधि ? हो बीपी कोइरालालाई पनि जनताले नै दिएको हो जननायकको उपाधि । यसरी नै राजेश हमाललाई जनताले महानायकको उपाधि दिएका हुन् ।

    जतिखेर कुनै मानिस निर्विकल्प हुन्छ, ऊ आदर्शवादी हुन्छ, उसको कुराहरूमा जनता भुल्छन् र त्यो न्यायोचित हुन्छ, जो जनतालाई मार्गदर्शन दिन लायकको हुन्छ र आफ्नो कलामार्फत निरन्तर योगदान दिन्छ भने उसले एक न एक दिन नायकत्व प्राप्त गर्छ । यस्तो किसिमको नायकत्व भ्रम वा जालझेलबाट निर्माण हुन सक्दैन । लामो त्याग, तपस्याबाट प्राप्त हुन्छ ।

    यस्तो पनि भनिन्छ, कुनै जमानमा राजेश हमालको नामले मात्रै, फोटोले मात्रै पनि चलचित्र हलभित्र दर्शकको भीड हुन्थ्यो । यसरी एउटा नायकत्व प्राप्त गरेको कलाकारको फोटोसँग पनि दर्शकको प्रेम हुन्छ र फोटोले पनि अभिनय गर्छ । यसरी एउटा कलाकारले नायकत्व प्राप्त गर्छ ।

    राजेश हमालद्वारा अभिनित चलचित्र हामी तीन भाइ, वसन्ती, ढुकढुकी, देउता, देउकीजस्ता पुराना चलचित्र हेरेको थिएँ । राजेश हमाल अभिनित चलचित्रको गीत ‘रातो टीका निधारमा टलक्कै टल्कियो’ निकै मन पर्छ । यो अल्लारे चलचित्रको गीत हो । यस्ता दर्जनौं चलचित्रले राजेश हमालको नायकत्व निर्माण गरेको हो । उनको जिवन्त अभिनयले उनलाई निर्विकल्प नायकत्व प्रदान गरेको छ ।

    कला भनेको जिवन्त हुनुपर्छ । पुराना चलचित्रमा नोकरदेखि गुण्डा र ड्राइभरसम्मका सबै पात्रको चर्चा हुन्थ्यो । तिनका कलाकारिताको कुरा हुन्थ्यो । तिनका जिवन्त अभिनयको प्रशंसा हुन्थ्यो । अर्थात्, त्यतिखेर कलाकारको अभिनय हेर्न चलचित्र हलमा जान्थे दर्शकहरू । यतिखेर दर्शकहरू भुवन केसीको छोरा हेर्न चलचित्र हलमा जाने गर्छन् । अनमोलले अभिनय जस्तोसुकै झुर गरोस्, तर भुवन केसीको छोरा हो, हेर्नैपर्छ । तर यो अनमोल भन्ने केटो न मान्छे हेर्दा हिरो जस्तो छ, न यो फुच्चे केटाको अभिनय नै जिवन्त छ ।

    दीपाश्री निरौलाको कला पनि देखिएकै छ । राजेश हमाल एउटा संस्था हो । ऊ हाल चलचित्रमा अभिनय गरेको होस् वा आराम गरेर बसेको होस्, नेपाली चलचित्र जगतको एउटा अजर-अमर पात्र हो । र, यस्तो पात्रको निर्माण केवल उसको अभिनयका कारण हैन, उसको पर्सनालिटी अर्थात् व्याक्तित्व, उसको अध्ययन, उसको छवि, उसको शैलीका कारण पनि ऊ दर्शकको मनमा सदैव नायकको रूपमा बसिरहेको छ ।

    आजभोलि एउटा गीतमा नाँच्यो, गीत हिट भयो । नायक/नायिका भयो । त्यहाँ कुनै जिवन्त अभिनयको खाँचो परेन । कुनै कलाको जरुरत भएन । नाँच्यो, पुग्यो । यसकारण आजभोलिका नयाँ कलाकारहरू मलाई केबल डान्सरजस्तो लाग्छ । यिनीहरूमा कुनै अभिनयको भूत देख्दिन म । र चलचित्र हलभित्र दर्शकलाई ३० मिनेट राम्रोसँग बाँधेर राख्न सक्दैनन् । तर यिनीहरूको घमण्ड भने मानौं कुनै हलिउडको हिरोको जस्तो, हलिउडको नायिकाको जस्तो छ ।

    नेपाली सिने जगतको कुरा गर्दा राजेश हमालको पुस्ता नै सम्झन योग्य एउटा पुस्ता हो । पुस्ता भन्नुको अर्थ उनको समयमा छायांकन गरिएका चलचित्रका दृश्यहरू, गीतहरू अझै पनि यादगार छन् । जस्तो कि गाउँले चलचित्रको गीत ‘गोली शिशाको, मेरो माया किन रिसाको; ताजा खबर, ज्यान माया नहेर है कर्के नजर’ आजको मितिसम्म आइपुग्दा पनि सम्झन योग्य गीत छ ।

    यही गीतमा राजेश हमालसँग एउटा निन्याउरो अनुहार लिएर नाचेकी थिइन्, दीपाश्री निरौला । वास्तवमा दीपाश्रीलाई तिनै ‘गोली शिशाको’ गीतमा राजेश हमालसँग नाचेपछि नै दर्शकहरूले चिनेको कुरा जानकारहरू बताउँछन् । अर्की नायिका रेखा थापाले पनि राजेश हमालसँग नै पहिलोपटक ‘तिम्रो मन त चक्कु छुरी’ भन्ने बोलको गीत र चलचित्र ‘हिरो’मार्फत् सिने क्षेत्रमा पाइला टेकेकी थिइन् । तर उनले राजेश हमाललाई महानायक हैन भनेर भनिसकेकी छैनन् ।

    दीपाश्री निरौला केवल एक हास्य कलाकार नै हुन् । तर उनको हास्य कला देखेर आजको मितिसम्म मलाई भने हाँसो लागेको छैन । जसले टेलिभिजनदेखि रेडियोसम्म र चलचित्रको पर्दासम्म आफ्नो कलाकारिता, क्षमता प्रदर्शन गरेकी छन् । तर हालसालै राजेश हमालको सन्दर्भमा उनले जे कुरा टेलिभिजनको अन्तर्वातामा बोलिन्, त्यो जायज थिएन ।

    पछिल्लो समयमा दीपाश्री निरौलाको छवि फेरिएको छ । रेडियो नेपालको धनियाँ, टेलिभिजनको हास्य कलाकार हुँदै अब चलचित्र निर्मात्री बनेकी छन् । हास्य कलाकार जोडीका रूपमा चिनिएका दीपकराज गिरीसँग मिलेर उनले ‘छक्कापञ्जा’ नामको चलचित्र निर्माण गरिन् । जुन केही हदसम्म सफल पनि भयो । तर दीपाश्री निरौलाले गर्नुपर्ने धेरै छ । अहिले उनी निर्मात्री भन्दा पनि हास्य कलाकार नै हुन् । उनी मात्र हैन म त भन्छु अहिलेका नब्बे प्रतिशत चलचित्रकर्मी केवल हास्य कलाकार हुन् ।

    टेलिभिजनमा हाँसो बिक्न छाडेपछि दीपाश्री निरौला चलचित्र निर्मात्रीको रूपमा प्रकट भइन् । उनको साडी फेरियो, गाडी फेरियो, र फेरियो सोच पनि । शायद यही फेरिएको सोचका कारण हुन सक्छ दीपाले अब राजेश हमाललाई महानायक देख्न छाडिन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले भारतमा अमिताभ बच्चन त अझै पनि चलचित्रमा खेल्छन्, तर राजेश हमालले अहिले कुन चलचित्र खेल्नुहुन्छ र ? भन्ने कठोर प्रश्न सहितको अभिव्यक्ति दिएकी छन् । उनको यस्तो अभिव्यक्ति आएपछि नेपाली दर्शकले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

    मलाई लाग्छ दीपाश्री निरौलामा अलिकति घमण्ड र दम्भ चढेको हुनुपर्छ । आफ्ना केही चलचित्र चले भन्दैमा राजेश हमालको अपमान हुने गरेर बोल्नुहुँदैनथ्यो । अग्रजको सम्मान गर्नुपर्छ, किनकी नेपाली चलचित्रको इतिहास न भारतसँग मिल्छ न अमेरिकासँग । राजेश हमालले आफ्नो समयमा केही संघर्ष गरेर नेपाली चलचित्रलाई यहाँसम्म ल्याइपुर्‍याएको सत्य हो । राजेश हमालले आजभोलि किन चलचित्र खेल्दैनन्, त्यो उनको निजी कुरा हो ।

    यहाँ कर्णप्रिय स्वर हुनेहरू धेरै छन्, तर नारायण गोपाल एउटै हुन्छ । नायकहरू धेरै जन्मिए, तर महानायक राजेश हमाल एउटै हुन्छ । र यो उपाधि कुनै सरकारले दिएको हैन, जनताले दिएको हो । दर्शकले दिएको हो । राजेश हमालले देउता फिल्म गर्दा मेकअप म्यान पनि दिल्लीबाट ल्याउनुपर्थ्यो, पछि नेपालमै यो व्यवसाय शुरू भयो । यसरी राजेश हमालले मेकअप म्यानको समेत नेपाली आधार तयार पारे । राजेश हमालका पछाडि नाँच्नेहरूले पनि अब नाँचेरै जीविका चल्न सक्ने सपना देखे । कलाको सम्मान हुन थाल्यो ।

    राजेश हमालले आफूलाई कहिल्यै सुपरस्टार ठानेनन् । गोली शिशाकोमा दीपाश्री निरौलासँग राजेश हमाल ननाँच्न पनि सक्थे होला, तर उनी सबै प्रकारका कलाकारहरूसँग रमाए । जानकारहरूका अनुसार राजेश हमालले सबैलाई माया गर्थे, सबै कलाकारलाई अगाडि बढ्न प्रेरित गरे । शायद अहिलेसम्म राजेश हमालले चलचित्र खेलेको भए नयाँले अवसर पाउने पनि त थिएनन्, यसरी पनि सोच्न सकिन्छ ।

    अर्को कुरा राजेश हमालको जत्तिको व्यक्तित्व नेपाली कला क्षेत्रमा कसैको देखिन्न । उनको अध्ययन, उनको शैली, उनको दैनिकी अरूको भन्दा भिन्न छ, जो सम्मान गर्न योग्य छ । दीपाश्री निरौलाजीलाई हास्य कलाकारको रूपमा सबैले प्रेम गरेकै हुन्, चलचित्र निर्माताको रूपमा पनि उनलाई दर्शकले माया दिएकै हुन् । तर यति छिट्टै उनलाई किन मात लाग्यो, जिब्रो चिप्लियो कि उनको आत्मा नै बोलेको हो, यसै भन्न सकिन्न ।

    राजेश हमाल उमेरका दृष्टिले ५६ वर्षका भए । वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’बाट अभिनयमा प्रवेश गरेका थिए । उनी चलचित्र क्षेत्रमा प्रवेशसँगै उनको करिअर र नेपाली चलचित्रको भविष्य सँगसँगै अगाडि बढ्यो । उनले कहिल्यै ग्रुपिजम् गरेनन्, नेपोटिजम् पनि चलाएनन्, बरु सडकबाट आएका कलाकारहरूलाई आफूसँग समेटेर अगाडि बढेको कुरा धेरै कलाकारले बताएका छन् ।

    उनी विदेश गएर बस्न सक्थे, राजदूतका छोरा तत्कालीन समयमा सम्मानको दृष्टिले नहेरिने चलचित्र क्षेत्रमा नआउन पनि सक्थे होला । तर उनले नेपाली चलचित्रमा नै आफ्नो भविष्य देखे । चलचित्र ‘युगदेखि युगसम्म’बाट फिचर फिल्ममा प्रवेश गरेका हमालले १७० बढी चलचित्रमा अभिनय गरे । वर्षमा १६ वटासम्म चलचित्रमा काम गरेका हमालले धेरै निर्मातालाई धनी बनाए होलान् । राजेश हमालले काम गरेका अधिकांश चलचित्रमा उनी गरीब गाउँले युवकको भूमिकामा देखिएका छन् ।

    युगदेखि युगसम्म, देउता, वसन्ती, अल्लारेलगायतका चलचित्रमा राजेश स्वयं आफूलाई एक कुशल अभिनेताका रूपमा चिनाएका छन् । आफूलाई एक महानायकको रूपमा स्थापित गरेका छन् । ढुकढुकी, अल्लारे, यो मायाको सागर, साथी, वसन्तीलगायतका चलचित्रमा उनले करिश्माको जोडी बनेर अभिनय गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । तर यो जोडी वास्तविक जीवनमा भने जोडी हुन पाएन । चलचित्रमा यो जोडीको बिहे भएको देख्दा खुशी हुने मान्छे म पनि हो ।

    मैले अहिलेसम्म राजेश हमाललाई प्रत्यक्ष देखेको छैन, भेटेको छैन । तर चलचित्रको पर्दामा आफ्नो अभिनयमार्फत दर्शकलाई यस्तै खुशी दिएका कारण राजेश हमाल हिजो, आज र भोलि सदैव महानायक भइरहनेछन् ।’के भन्ने हाम्रो समय,दश मोहर महिनाको कमाइ;हाम्रो युगको पानी राम्रो,हाम्रो समय साँच्चै रमाइलो !’- Dil nishani magar

    • #माहानायक राजेश हमाल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑