नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा यो वर्ष बिगतमा जस्तै जोर मादल बोकेक्रा ,रातो सारी लगाएर नाचेका , ताली बजाएका गीतहरु बिरलै देख्न र सुन्न पाइएको छ ।आज सम्म सयौ तीजगीत बजारमा आएका छन् तर मौलिकता बोकेको गीत र भिडियो भने एका दुई मात्रै आएको देखिन्छ ।
नेपाली लोक दोहोरीमा सधै मौलिकतापन छाउनु पर्छ ,नेपालि लोक संगीतमा मौलिकतापन झल्किने सिर्जना गर्नु पर्छ भन्ने मान्यता बोकेकी चर्चित गायिका जमुना सनमले यसपालीको तीजमा पनि बिगतमा जस्तै मौलिकता मिसिएको तीज गीत ”मै छोरी” बजारमा पठाएकी छन् । जब छोरी विबहा भएर पराइ घर जान्छिन् तब हरेक चाड पर्वमा छोरी चेली भनेर न सम्झिदा मन रुने ,वर्ष दिनको तीजमा माइत बाट दाजु भाई,बाबा लिन न आउदा छोरीको मन रुने र मन छिया छिया हुने यस गीतको भाब छ ।
चर्चित गायक तथा सर्जक राजु सुनामको लय तथा शब्दमा तयार पारिएको गीतमा जमुना सनमको एकल आवाज रहेको छ । राजु सुनामको एरेंज रहेको अडियो गीत HBN किस्मत ले ध्वनि सम्पादन गरेका छन् । दुर्गा पौडेलको निर्देशन तथा छायांकन रहेको उक्त गीतमा नाबिन घर्ति मगरको सम्पादन रहेको छ । भिडियोमा गायिका जमुना सनामको अभिनय रहेको छ भने गीत राजु सुनामको युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।
तीज गीत ”मै छोरी ”ले सफलता पाओस बुटवल दैनिकको तर्फबाट शुभ कामना ।।
भिडियो हेर्न तल क्लिक गर्नु होस् ।।