नेपाली नारिहरुको माहन चाड हरितालिका तीजको अवसरमा बिभिन्न कलाकारहरुको आवजमा तीज गीत बजारमा आइरहेका छन । यसै क्रममा गायिका पुनम सुनारको आवाजमा ठट्यौली तीज गीत ”आरम गर ओली” नामक गीत बजारमा आएको छ ।
गायक तथा सर्जक नवराज पाण्डेको लय तथा शब्दमा गायिका पुनम सुनार ,सरु बन्जाडे ,गायक नवराज पाण्डे र अनिश खड्काको आवाज रहेको छ । नवराज पाण्डेको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा हिमाल पाण्डे ,युवराज पन्त ,नमराज पाण्डे ,अनिश खड्का ,कमला थापा क्षेत्री ,प्रेम सागर ,लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन अनिश खड्काको रहेको छ । स्वाभिमान क्रियाशन को युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीत ”आराम गर ओली” ले दर्शक तथा स्रोताको मन जित्न सफल होस् हाम्रो शुभ कामना । ।
हेरौ गीत ‘आराम गर ओलीको म्युजिक भिडियो