सस्तो चिजहरु सबै बिक्छ भन्ने कहाँ छ र
पढेरे सबैकुरा सिक्छ भन्ने कहाँ छ र
यति बुझनु माहाशय जिन्दगी बन्दगिमा छ
फिर्ता लिदा हरहिसाब मिल्छ भन्ने कहाँ छ र
तिमि हिजो आज बिर्सिएर भोलिको भबिष्य खोज्छौ
भोलिले भबिष्य तिमीलाई दिन्छ भन्ने कहाँ छ र
मलाई शहर पढ्नु छ , मलाई मानव पढ्नु छ
तिम्ले भनेजस्तो दुख्ने दुखाउने दिल्छ भन्ने कहाँ छ र
उसको राजधानीमा मैले राजीनामा दिए दलहरु हेर्दै
अरे सरकारी सधै एकै ठाउमा टिक्छ भन्ने कहाँ छ र
मोल तोक्दा पनि सोची बुझी ओल्टाई पोल्टाई तोक्नु
बाहिर सर्लक देखिने सबै भित्र ठिक्छ भन्ने कहाँ छ र
अन्दाज गर्ने सकिन्छ हो नै भन्नत सकिदैन नि हजुर
मैदान मै उत्रिएरै खेल जित्छ भन्ने कहाँ छ र
सन्जिला बिश्वकर्मा