प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने
गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका
हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने
मानवरूपी देवता नै गुरु हुन् ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको
जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको
व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
महाज्ञानी महाभारतका प्रणेता अनेक पुराणहरूका प्रवक्ता
अनि ज्ञानका प्रचारक वेदव्यासले वेदान्त, अठार पुराण,
उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई
ठूलो गुन लगाएको मानिन्छ ।
संस्कृतमा भनिएको छः “गुरु र्व्रह्मा गुरु र्विष्णु गुरुर्देवो महेश्वर।
गुरु: साक्षात् परम्ब्रह्मा तस्मै श्री गुरुवे नमः।” प्रस्तुत
श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै भनेको छ -“गुरु नै ब्रह्मा
हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकैभगवान शंकर हुन्,गुरु नै हुन्
साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।” वैदिक
कालदेखिनै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति
शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।
यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले
विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा
रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन
समेत रहेको छ। तसर्थ वैदिक सनातन धर्मले मातापिता र गुरु सेवालाई
नै परम धर्म र अन्यलाई उपधर्म मानेको छ ।
संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ
प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः
गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो
। यसबाट पनि अन्धकाररूपी अज्ञानताबाट
प्रकाशरूपी उज्यालोका लागि मार्ग निर्देश गर्ने व्यक्ति नै गुरु
भन्ने बुझाउँछ । गुरु भनेको ज्योति हो , पारसमणी हो जसको
स्पर्शले फलाम पनि सुनमा परिणत हुन्छ। समजमा विद्यमान अज्ञानि
र मुर्ख ब्यक्ति पनि ज्ञानवान,कुशल र इमान्दार बनेको इतिहास छ।
पैराणिक ग्रन्थका आधारमा पनि सम्पुर्ण देवताका आदिगुरू नरायण
( विष्णु ) हुन् भनिएको पाइन्छ ।
त्यसैगरी रामजस्ता ज्ञानी र आदर्श पुरूषले
पनि वशिष्ठ लाई आफ्नो गुरु बनाएका थिए ।त्यसै गरि पण्डवहरूले
आफू बनवास जादा कहिल्यै गुरूको अभाव नहोस् भनेर नै उनिहरूले
धौम्यऋषिलाई गुरु बनाएका थिए । अर्जुनले पनि भगवान
श्रीकृष्णलाई गुरु बनाएर युद्धमा विजय प्राप्त गरेका थिए ।
समग्रमा गुरु भनेको अज्ञानरूपी अन्धकारलाई मेटाउने
ज्ञानको ज्योति वा प्रकाश छर्ने दीप हो । गुरु बिना समाजमा
कुनै पनि ज्ञान र सीपलाई प्राप्त गर्न गार्हो पर्दछ ।
हरेक गाउँ ,समाज र रास्ट्रलाई दक्ष,अनुशासित र
लगनशील ब्यक्तिको खाचो पर्दछ । अनि त्यस्ता
व्यक्तिहरू उत्पादन गरि उनिहरूलाई मार्ग निर्देशन गर्ने आदर्श
ब्यक्ति हो गुरु । त्येसैले पनि समाजमा त्यस्ता आदर्श ब्यक्ति
गुरूजनहरू प्रती श्रद्धाभाव अभिव्यक्त गर्ने दिन पनि
रहेकाले अषाढ शुक्ल पूर्णिमालाई रूपमा स्वीकार गर्दै
मनाउने परम्परा रहेको हो। यसलाई ज्ञानको पर्व पनि मान्न सकिन्छ
। तसर्थ गुरु पूर्णिमालाई राष्ट्रिय महत्त्व बोकेको धार्मिक पर्व हो
भन्दा पनि अत्युक्ति नहोला । अस्तु ।