• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  जीवनशैली

    अनुहारको चाया पोतो र कालो दाग हटाउने घरेलु उपाय हेरौँ

  • बुटवल दैनिक
  • २०७७ अषाढ १२, शुक्रबार (६ साल अघि)
  • ५३९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु

    फेसबुकमा पछ्याउनुहोस्

    १) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

    २) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

    ३) दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।

    ४) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।

    ५) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ ।

    ६) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

    ७) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

    ८) डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

    ९) एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

    १०) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

    ११) आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।

    १२) आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।

    १३) बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

    १४) पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।

    १५) प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

    १६) भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

    १७) ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।

    १८) तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।

    १९) हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्याउँछ ।

    २०) केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।

    २१) गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।

    २३) गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।

    २४) घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।

    २५) खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।

    २६) एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

    अनुहारको चायापोतो हटाउने घरेलू उपाहरु

    १. कागतीको रस

    कागतिमा भिटामिन सी पाइने हुनाले यसकाे प्रुयाेगले अनुहारकाे चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ आएकाे अनुहारमा सुधार हुन्छ ।

    २. गोलभेडाको जुस

    गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।

    यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।

    चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारकाे छालाका लागी लाभदायक हुन्छ ।

    ३. चामलको पिठाे,मुगकाे दाल ,दुध मिसाएर फेसप्याक बनाउने

    यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।

    फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।

    ४. घिउकुमारीको रस

    घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयाेग गर्दछ ।

    • #कालो दाग हटाउने घरेलु उपाय
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑