काठमाडौं –
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको आगमन सगै तीज गीत साङितिक बजारमा भित्रीने क्रम जारी छ । यसै क्रममा बाल गायिका कमला घिमिरे र खेम सेन्चुरिले लरिलरि लै रुन्छु बरिलै नामक तीज गीत सार्बजनिक गरेका छ्न ।
पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो तिज गित सार्वजनिक भएको छ । बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको सुमधुर स्वरमा”लरिलरि लै रुन्छु बरिलै” बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो । धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा नेत्र भण्डारीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतको भिडियोमा खेम सेञ्चुरी, कमला घिमिरे र सरस्वती फुयालको अभिनय रहेको छ ।
भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठले खिचेका छन् । भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन् । Shubharambha Digital Music Pvt.Ltd को प्रस्तुति रहेको तिज गित Shubharambha Digital Music Pvt.Ltdको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।