• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  खानपान

    तिते करेला खानु भएको छैन भने आजै बाट खाना सुरु गर्नुहोस ,हेर्नुहोस तिते करेलाका फाइदाहरु…

  • बुटवल दैनिक
  • २०७७ अषाढ ४, बिहिबार (६ साल अघि)
  • २७४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, कार्तिक ।
    तपाई हामी सबैले तिते करेलालाई तरकारीको रुपमा सेवन गर्दै आएका छौ । तिते करेला मौसमी वेमौसमी दुवै खालको हुन्छ । हामीले दिनहुँ तरकारीको सेवन गर्दा करेला मात्रै नभएर अन्य विभिन्न तरकारीहरु प्रयोग गर्दै आएका हुन्छौ ।

    फेसबुकमा पछ्याउनुहोस्

    तर तपाई हामी सबैलाई थाहा नहुन सक्छ की हामीले सेवन गर्दै आएका तरकारीले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा गर्छ या वेफाइदा भन्ने कुरा । करेला न्यानो हावापानीमा फस्टाउने एक लहरे तरकारी बाली हो । करेला खेतीका लागि पानी नजम्ने र मलिलो बलौटे दोमट माटो भएको ठाउँ उपयुक्त मानिन्छ ।

    नामले तिते करेला भए पनि यसको सेवनले हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्याउने गर्दछ । यो तितो हुने भएकाले प्राय मानिसलाई मन नर्पन पनि सक्छ । केही जटिल स्वास्थ्य समस्या कम गर्नेदेखि शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी देखिन्छ । करेला तरकारी तथा जुस बनाएर खान सकिन्छ ।

    करेलामा विभिन्न खालका पौष्टिक तत्वहरू पाइन्छ । जस्तै क्याल्सियम, पोटासियम, कपर, आइरन र भिटामिन (ए, बि–१, बि–२) पाईन्छ । यसको नियमित प्रयोगले चिनीजन्य अर्थात् मधुमेह तथा अन्य रोगीलाई फाइदा पु¥याउने गर्दछ । यस्ता स्वास्थ्य समस्या भएकाहरूले करेला खानु बढी लाभदायी हुन्छ ः –

    मधुमेह
    मधुमेहका रोगीहरूलाई करेला उपयोगी हुन्छ । करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

    कलेजोको समस्या
    कलेजो स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजो सफा र स्वस्थ राख्न करेला खानु पनि आवश्यक छ । करेलामा पाइने तत्वले कोशिकाहरूको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी समस्या हुन दिँदैन ।

    पेटको दुखाइ
    ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिएको छ ।

    हैजा
    हैजा लागेमा करेला खानु लाभदायी हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै, ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई दुई–तीनपटक खान दिनु राम्रो हुन्छ ।

    मिर्गौलाको पत्थरी
    करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छूटकारा पाउन सकिन्छ । करेलामा पाइने तत्वले पत्थर टुक्रा–टुक्रा पार्ने काम गर्छ, जसले गर्दा टुक्रिएका पत्थर पिसाब मार्फत शरीर बाहिर निस्कन्छ ।

    क्यान्सर
    करेलाले क्यान्सर हुनबाट बचाउँछ । यो पूर्णरूपमा प्रमाणित नभए पनि धेरै अध्ययन–अनुसन्धानले करेला खानाले क्यान्सर प्रतिरोधी क्षमता बढेको देखाएका छन् । करेला खाँदा अन्य रोग प्रतिरोधक क्षमता समेत बढ्छ ।

    आँखाको समस्या
    बच्चादेखि नै कतिपयलाई आँखासम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकालाई आँखासम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्या कम गर्न करेला खानु दाभदायक हुन्छ ।

    छाला सम्बन्धी रोग
    करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ । करेला नियमित खाएमा वा यसलाई मिस्रीमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या कम हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दादलगायत छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    कब्जियत
    करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ । साथै, नियमित करेला खाएमा कब्जियतका रोगी लाभान्वित हुन सक्छन् ।

    असन्तुलित तौल
    करेलाले मानिसको तौल नियन्त्रण राख्ने काम पनि गर्छ । पाचनक्रिया स्वस्थ राख्न करेला सहयोगी मात्रै हुँदैन, यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्न सघाउँछ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खानपान सम्बन्धि थप

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    यस्तो छ आजको मौसम पूर्वानुमान

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑