नव गायिका समिक्षा गैरेको प्रस्तुतीमा रहेको २०७७ सालको नयाँ तिज गीत माईत नगए (तिज गीती कथा) बिशाल फिल्मस् मार्फत सार्वजनिक भएको छ ।
बरिष्ठ लोक गायक ईन्द्र जि.सी.चर्चित गायक – सर्जक हुम गैरे,चर्चित गायक रामचन्द्र चन्द,चर्चित गायिका जमुना राना अनि नव गायिका समिक्षा गैरेका स्वरमा रहेको गीतको लय तथा शब्द संकलन चर्चित÷सर्जक हुम गैरेको रहेको छ । चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी संगै स्वयम् गायक गायिकाहरुकै अभिनय रहेको गीतको निर्देशन÷सम्पादन पनि हुम गैरेले नै गरेका छन् भने गीतको भिडियो रोशन भाटले खिचेका छन् ।
कोरोना भाईरसले यती बेला बिश्व नै आक्रान्त छ । रोजगारीको शिलसिलामा खाडी मुलुक पुगेका एक नेपालीलाई कोरोना लागेको र नेपालमा रहेका उसका परिवारको दर्दनाक पिडालाई गीतको कथाबस्तु बनाईयको छ । सम्पुर्ण नेपालीहरुको यथार्थ पिडा तिज गीती कथा माईत नगए लाई सफल्ताको शुभकामना ।।।
तिज गीती कथा माईत नगए