जहाँ मन दुख्छ ,त्यहाँ भेटिन्छ नेपाली लोक संगीत ,जहाँ खुसियाली छाउँछ त्यहाँ-त्यहाँ गुञ्जिएको हुन्छ नेपाली लोक संगीत । चाहे मेला पात गर्दा होस ,चाहे खेत बारीमा किसानहरुले बालि रोप्दा होस् नेपाली लोक संगीतले साथ् दिएकै हुन्छ । अनि सारा थकाई र पिडा यहि लोक संगीतले बिर्साई दिन्छ ।
लोक संगीतमा निकै लामो समय देखि सुन्दै आएको नाम हो रामचन्द्र चन्द । गुल्मी जिल्लामा जन्मेर नेपाली लोक संगीतमा भिजीरहेका चर्चित गायक तथा एरेन्जर रामचन्द्र चन्दको मखमली आवाजमा सजिएको ”सईलाई दाई ” नामक असारे गीत बजारमा आएको छ । गायक चन्दलाई स्वरमा साथ् दिएकि छन् चर्चित गायिका बन्दना पाण्डेले । प्रदिप पर्खर पोख्रेल र कृष्ण चन्द को शब्द रहेको गीत साईला दाईमा गायक चन्द कै लय रहेको छ । रामचन्द्र चन्दले आफ्नै युट्युबबाट सार्बजनिक गरेका छन् ।दिपक लामीछाने र शुभेक्षा रेग्मीको अभिनय रहेको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ भने बसन्त महर्जनले खिचेका छन् ।
भिडियोलाई हेरेर सक्दो शेयर गर्दिनु होला ।