लोकप्रिय सर्जक एबम गायक खेम सेञ्चुरीको ‘कामी दाईको छोरो’ ए साँहिली : एक प्रेम कथामा आधारित भइ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीत केवल गीत मात्र नभइ समाजमा भएका यथार्थ घटनालाई चित्रण गरिएको छ । गायक सेञ्चुरीले आफ्नै युट्यूब च्यानल ‘खेम सेञ्चुरी’ मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन ।
छुवाछुत विरुद्ध जागरणका लागि समर्पित गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा सघाउ पुग्ने विश्वास लिएका छौं । यो एक गित मात्रै होइन , समाजको यथार्थ चित्रण पनि हो । प्रस्तुत गितमा प्रयोग गरिएको शब्द कुनै जात,वर्ग ,धर्म तथा लिङ्ग अपमान गर्ने हाम्रो कुनै उदेश्य नरहेको बताए । छुवाछूत विरुद्ध जागरणका लागि समपिर्त यो गितले सामाजिक चेतना सँगै मानिसक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास लिएको बताउँछन् ।
संस्कृति म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा गायक अनि सर्जक अनिश दवाडीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा कामी दाइको छोरो बोलको गित बजारमा सार्बजनिक भइसकेको छ ।
उक्त गीतमा चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा सुरेश श्रेष्ठको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ ।
हेरौं यो उक्त गीतको भिडियो