• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  लेख तथा साहित्य

    लकडाउनको समय कसरि सदुपयोग गर्ने।।

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २०, मंगलबार (६ साल अघि)
  • २३३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    सन २०१९ को अन्त्यतिर चिनको वुहान शहरबाट सुरु भएको थियो कोरोना भाईरस । सन २०२० फेब्रुअरी-११ मा विश्व स्वास्थ्य संगठन (WHO) ले यसको अफिसियल नाम कोभिड-१९ भनेर एनाउन्स गरेको थियो। द ईन्टरनेशनल कमिटी अन ट्याक्सोनोमि अफ भाईरसेस (The International Committee on Taxonomy of Viruses) ले यसलाई कोरोना भाईरस-२ (Corona Virus-2) अथवा सार्स कोरोना भाईरस-२ (SAARS-CoV-2) भनेर कोड गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    ज्वरो, सुक्खा खोकि, श्वासप्रश्वासमा कठिनाई हुनु, थकाई लाग्नु आदि यसका मुख्य लक्ष्यणहरू हुन ।
    अहिलेसम्म कोरोना भाईरस विश्वका २०० भन्दा बढी देशहरुमा फैलिसकेको छ । हालसम्म विश्वमा ६१ लाख भन्दा बढी संक्रमित छन भने ३ लाख ७०हजार भन्दा बढीको ज्यान गएको छ ।

    कोभिड-१९ को कारण अहिले सिङ्गो विश्व नै प्रभावित छ। विश्वको अर्थतन्त्रमा धेरै ठुलो गिरावट आउन सक्ने अनुमान अर्थविदहरूको रहेको छ। सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको देखिन्छ। अहिले विश्वका धेरैजसो देशहरूले एकअर्को देशको आवत- जावतमा प्रतिबन्ध लगाएका छन भने देशभित्रै पनि आवतजावत सहज छैन।
    नेपालमा पनि कोरोना भाईरस संक्रमितको संख्या ४ अंकमा पुगिसकेको छ । नेपाल सरकारले यसको संक्रमण फैलिन नदिनको लागि लकडाउनको घोषणा गरेको छ । जसको कारण अहिले मानिसहरु आफु भएको ठाउँमा घरभित्रै बस्न बाध्य भएका छन । गाउँघरतिरको जनजिवन सामान्य भएपनि विभिन्न कामको शिलशिलाका सहर गएकाहरु भने समस्यामा परेका छन ।

    नेपालमा पनि देशको प्रमुख आयस्रोतको रूपमा मानिएको पर्यटन क्षेत्र नै प्रभावित हुदाँ नेपालको कमजोर आर्थिक अवस्थामा झनै ठुलो गिरावट आउने आँकलन अर्थविद्हरूले गरेका छन। सन २०२० लाई भ्रमण वर्ष मानि २० लाख पर्यटक यसैवर्ष भित्राउने सरकारको सबै तयारी रद्द गर्नुपरेको छ। अहिले नेपालको पर्यटन क्षेत्रमा काम गर्ने प्रत्यक्ष ५ लाख मानिसहरूको रोजगार गुम्ने डर भैसकेको छ भने पर्यटन व्यवसायसंग जोडिएका होटल रेष्टुरेन्ट खाध्य उत्पादन तथा वितरण क्षेत्रसंग जोडिएका करिब १० लाख भन्दा बढिको रोजगार गुम्ने डर छ।

    अहिले सबै किसिमका व्यापार व्यवसाय प्रायः ठप्प भैसकेको अवस्था छ। होटल तथा गेष्टहाउसहरू त प्राय बन्द भैसके केहि बन्द हुने अवस्थामा छन। अत्यावश्यक काम बाहेक मानिसहरूको आवतजावत ठप्प छ। लकडाउनको कारण घरभित्रै बस्न बाध्य भएका मानिसहरुलाई समय बिताउन निकै नै गाह्रो भएको छ । यो समय अधिकांस मानिसहरु फिल्म हेरेर वा मोवाईल ल्यापटपमा गेम खेलेर बिताईरहेका हुन्छन । भने केहिले यो समयको भरपुर उपयोग गरि विभिन्न रचनात्मक क्रियाकलापहरु पनि गरिरहेका छन ।
    तपाईंहरु यो लकडाउनको समय कसरी बिताउँदै हुनुहुन्छर ? फिल्म हेरेर, गेम खेलेर वा कुनै सिरियल हेरेर ? यदि यसो गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो समय बर्बाद गर्दै हुनुहुन्छ । यसबाट पछि पछुताउनु बाहेक अरु केहि हुँदैन ।
    अब भन्नुहोला जताततै बन्द छ के गर्नु त भनेर । हो यहि लकडाउनको समयलाई घरमै बसेर एक अबसरको रुपमा लिएर अघि बढ्नुभयो तपाईंको जिवननै परिवर्तन हुन पनि सक्छ । कसरी ? आउनुस तपाईंलाइ म केहि टिप्स दिन्छु जुन तपाईंको जिवनमा एकदमै महत्वपुर्ण हुन पनि सक्छ ।

    • विश्वमा धेरै सफल ब्यक्तिहरुको बारेमा हामिले विभिन्न समयमा समाचारहरु सुनिरहेका हुन्छौं । तर ती ब्यक्तिहरु कसरी सफल भए भन्ने कुरा हामिलाई थाहा हुदैंन । आउनुस आफ्नो रूचिके क्षेत्रमा सफल ब्यक्तिको जिवनीको बारेमा लेखिएका पुस्तकहरु खोजेर अध्ययन गरी समय बिताउनुहोस् । जसले तपाईंको लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ ।
    • यदि तपाईं कुनै व्यापार, व्यावसाय गर्दै हुनुहुन्छ भने त्यससंग सम्बन्धित थप खोज अनुसन्धान गरी थप ज्ञान प्राप्त गर्नुहोस्, जसले आउने दिनहरुमा तपाईंको व्यावसाय सफल बनाउन थप सहयोग पुग्नेछ ।
    • अहिले टेक्नोलोजिको समय छ । अहिले इन्टरनेटको पहुँच सबै ठाउँमा पुगेको छ । यो बेला घरमै बसेर कम्प्युटर सम्बन्धि ज्ञान लिनुहोस । जुन आउने दिनहरुमा तपाईंको जिवनमा अति नै काम लाग्न सक्छ । जसको लागि तपाईं युट्युब तथा गुगलको सहायता लिनुहोस । जहाँ तपाईं आफुलाइ आवश्यक पर्ने सबै कुराहरु इन्टरनेटको माध्यमबाट निःशुल्क पाउन सक्नुहुन्छ ।
    • यदी तपाईं गाउँमा हुनुहुन्छ भने आफ्नो खालि समय खेतबारीमा काम गरेर बिताउनुस । कोरोना भाइरसको संक्रमण बढ्दै गयो भने केही समयपछी विश्वमा खाद्यान्न अभाव हुने निश्चित छ । यो खालि समयमा हामी सबैले आप्mना बाँझिएका खेतबारीमा बालिनाली लगायौं भने सिंगो देश नै खाद्य संकटबाट बच्नेछ ।
    • यदी तपाईंलाइ टेक्नोलोजीको राम्रो ज्ञान छ भने विभिन्न ज्ञानबद्र्धक तथा सुचनामुलक भिडीयोहरु बनाइ आफ्नो युट्युब च्यानलमा राख्नुस । यसो गर्दा घरमै बसिबसि पैसा कमाउन पनि सकिन्छ ।
    • विभिन्न ज्ञानबर्द्धक तथा शन्देसमुलक फिल्म हेर्नुस । जसबाट मनोरञ्जन पाउनुको साथै जिवनोपयोगी पनि बन्न सक्छ ।
    • आफ्ना साना बालबच्चाहरुलाई उनिहरुको रुचिअनुसार काम गर्न दिनुस, हेन्डराइटिङ राम्रो बनाउन सहयोग गर्नुस, साथै आउने कक्षाहरुको तयारी घरमै बसेर गराउनुहोस ।
    • विभिन्न स्कुल तथा कलेजहरुमा पढ्दै गरेका विद्यार्थीहरुले यो समयलाई एक अवसरको रुपमा लिई आफ्नो अध्ययनलाई निरन्तरता दिनुहोस ।

    लेखक: दिपक खनाल
    अर्घाखाँची
    हाल दक्षिण कोरिया।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑