गजल
प्रिय, तिमी र म बिच सदा सदा भर हुनुपर्छ
जिन्दगी जिउने सानो झुपडी घर हुनुपर्छ ।।
अरु त के खुसी मागौ र प्रिय तिमी सँग,,
बिरामी पर्दा निधार चुम्ने तिम्रो अधर हुनुपर्छ ।।
माया,बिश्वास र भरोसा ले चलेको यो शृष्टिमा,,
अटुट ती प्रिय मनहरुको सधै कदर हुनुपर्छ ।।
बिश्वासले जिन्दगी चल्दैन भनि वकालत गर्नेहरुको,
महोदय,अाजै देखि सम्पूर्ण मत बदर हुनुपर्छ ।।
प्रकाश वर्मा
धुर्कोट गाउँपालिका,गुल्मि
हाल:काठमाडौ