
सम्झना ताजै छ एकदम ताजा एकदम फ्रेस । उ बेला लगाउने सेतो सर्ट कालो पाईन्ट को झल्को लाई अहिले को कोर्ट पाईन्ट ले पटक्कै पूरा गरेन खोई । हाम्रो घर नजिकै का बालिघरे बुद्दे दाई ( बुद्दिराम परियार) उनिपनी समाजमा दलित नै भनेर चिनिए उनैले सिलाईदिने एकदम खास्सा सर्ट पाईन्ट त्यो पनि स्कुल ड्रेस । हुन त नाम मात्रै को स्कुल ड्रेस हो काम चाहिँ के के हो के के ? सिलाउन लाई त सार्है गार्हो पर्ने,। बुद्दे दाईको मा लगभग १ महिना पहिले बाट धर्ना टेकेर घरमा बोलाउन पर्ने ।
बुद्दे दाइ अटेरी हुँदै होईनन उनको हातमा धेरै सिप दिएका थिए उनका पुर्खाहरु ले । कपडा सिलाउने बिबाह ब्रतबन्ध मा दमाहा बजाउने , खेती किसानी जोत्ने र पर्यो भने तीन पाथी चामल को झ्वाई खट्टे कस सिद्द्याउन साथी खोज्न नपर्ने उनले वचन काटेको पक्कै होईन यो सबै काम तिर लाग्दा फुर्सद नपाएको भएर होला । त्यही पनि बोली को चाहि पक्का थिए है घरमा टेक्दा को दिन मात्रै । जब घरमा कपडा सिलाउने कल ल्याउथे मानौ त्यसदिन चाहिँ सार्बजनिक बिदा भयो स्कुल जानै मन नलाउने कति बेला ड्रेस सिलाउलान र लगाएर जाम्ला भन्यो एक दिन सिलाउन लाग्थ्यो अर्को दिन प्रेस (आईरन) लगाएर लगाउला भन्यो अनि त महिनौ पत्तो नहुने तिनी दाईको अहिले त परलोक भए त्यही पनि गाली नगरे है बुद्दे दाइ माया गरेर सम्झेको ।।।
कपडा भनेको तिज मा त्यही सोर्ह श्राद्दमा त्यही दशैमा त्यही तिहार माघे सक्रान्ती कसैको बिहे ब्रतबन्ध र मावल जादा त्यही हो। घर बस्दा चाहिँ पुराना पाईन्ट काटेर जागे बनाउथे त्यो पनि एकदम काईदा को हुन्थ्यो । यो कामको लागि बाहेक लगाउन पर्यो भने स्पेसल ड्रेस भयो । सानै देखि अल्लि छेस्को मान्छे ड्रेश को नाम मात्रै हो घरी टाँक हुन्न घरी मसि छ्यापेर सेतो सर्ट हो कि निलो हो पत्तो हुदैन थ्यो ।।
पहिला मज्जा थियो त्यो लगाउन अहिले कोट पाईन्ट लगाउन पनि मज्जा आउदैन । कोर्ट पाईन्ट भनेको त त्यही बिहेको लागि र यसो हुनेखाने बर्गले लगाउदा मात्र सुहाउदो देखिदो रैछ नत्र हामी जस्तो ले कोर्ट लगाउदा त पेटिकोट लगाए बराबरको लाज लाग्छ सबैको नजरमा यस्तो नहुन पनि सक्छ ।। समय फेरियो कपडाको पनि काम र नाम अनुसार फरक हुन गयो त्यो नै सहि ।।
कपडा सिलाउने तिनै दाइ हुन अहिले को दलित बर्ग मा परे उनले सिलाएको कपडा शुद्द मानेर पुजा पाठ कर्म काण्ड मा चलाईयो । भनेपछि यस्तै बिभिन्न्न कथित जात जस्तै कामी ले हतियार बनायो सबैको भान्सामा चल्यो ट्म्टा दाईले भाडा बनाए सबै चुलो मा चल्यो सुनार दाईले गहना बनायो सबैको सौन्दर्य बढायो भने उनैले बनाएको सुनको गहना बाट पानी छर्कियो सुनपानी भयो चोखो भयो उनैले छोएको जुठो पनि चोखो भयो । दलित बर्गको ज्यान जुठो भयो भने उनिहरुको सीप किन जुठो नभएर चोखो बन्यो कुन्नी ???


