ईटहरी-लकडाउनले यतिबेला सबै कुरालाई बाधा पुर्याएको छ । नेपालि सिने क्षेत्र ठप्प छ भने कलाकारहरु पनि घरभित्रै रहन बाध्य भएका छन् । तर प्रदर्शन भैसकेका फिल्महरूलाई भने लकडाउनले केहि फाईदा नै पुगेको बुझ्न सकिन्छ । यो मौकामा धेरै नेपालि फिल्महरूले यतिबेला युट्युब रिलिजको बाटो रोजेको छ । रिलिज पश्चात फिल्मले युटुबमा राम्रो प्रतिक्रिया पाएसंगै ट्रेण्डिङ्गमा पनि पर्ने गरेको छ ।
यस्तैमा अर्को एक फिल्म पनि युटुबमा सार्बजनिक भएको छ । नेपालि चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको र केही पहिले प्रदर्शित फिल्म चलचित्र ‘साईनो’ युट्युबमा पनि रिलिज भएको हो । लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले बताइन् । युट्युबमा सार्बजनिक पश्चात फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ । हेर्नुस पुरा फिल्म ।