• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  लेख तथा साहित्य

    लकडाउनले विद्यार्थीमा परेको प्रभाव र अवसर ..

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ५, सोमबार (६ साल अघि)
  • ११२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो । चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । नेपालमा पनि विश्वविद्याल एवम विद्यालहरु सवै बन्द भएका छन । स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ ।

    देशमा lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन । कुनै स्थानमा online कक्षाहरु सञ्चालन हुनु राम्रो हो। तर धेरै विद्यार्थी भाइबहिनीहरु यस प्रकारको प्रविधिमैत्री शिक्षाको पहुॅचबाट बञ्चित रहेका छन।यस्तो अवस्थामा सबै भाईबहिनीहरुले स्कुलमा शिक्षकहरूले पढाएको कुरालाई स्मरण गर्ने कोशिष गर्नु । घरमा समय तालिका बनाएर अध्ययन गर्नु ।भाइबहिनीहरू यो आपतकालीन स्थितिमा पनि तपाईँहरूले पढाई प्रति लगाव दिनै पर्छ ।
    मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा ज्ञानार्जन हो । कसैले एकैछिन पनि लापरबाही गर्नु हुन्न । यस्तो गरियो भने पढेको कुरा सबै बिर्सिन सक्छ ।

    ‘खालि दिमाग शैतानको घर ‘ भने जस्तै अनेक नकरात्मक सोंचहरु आउन सक्छन ,हामीले मिहिनेत गरेको लगानी खेर जान्छ कि हाम्रो भविष्य के होला जस्ता सोचाईंहरू हुन सक्छ । जस्ता कुरा सोच्नु हुन्न । यो समयलाई वीभिन्न सृजनात्मक काम गरेर सदुपयोग गर्नु पर्छ।यस समयलाई एउटा प्रतिभा प्रष्फटनको लागि अवसरको रुपमा प्रयोग गरी लेख रचनाहरु सृजना गर्ने,चित्र कोर्ने, पढेर बोर भएको बेला एकछिन करेसा बारीमा तरकारी लगाउने, वृक्षारोपण गर्ने र भान्साको काममा आमालाई सघाउनु उपयुक्त हुन्छ । आफ्नो सस्कार, मुल्यमान्यता,रितिरिवाजआदि जस्ता विषयमा व्यवहारिक रुपमा घरमा सपरिवारको साथमा रहेर सिक्ने अवसर पनि छ।

    घरमा बस्दा राम्रोसंग सरसफाईमा ध्यान दिने । आफूले पनि र परिवारका अरु सदस्यहरुलाई पनि साबुन पानीले कम्तीमा २० देखि ५० सेकेण्ड जति हात मिची मिची धुन आग्रह गर्ने र आफूले पनि धुने ।आफू, आफ्नो परिवार र सामुदायिक सरसफाइमा ध्यान दिने । बिहानै उठेर योग अभ्यास गर्ने गरेमा शरीर फुर्तिलोर स्वस्थ हुन्छ ।भिडभाडमा नजाने र जानै परे सामाजिक दुरी कायम गर्न जरुरी छ । शिक्षा भनेको सैद्धान्तिक मात्रै होईन व्यवहारिक र जीवन उपयोगी पनि हुनुपर्छ । यो समयमा अनुशासन, नैतिकता, जीवन भोगाईका कुराहरु, हाम्रा सामाजिक संस्कार तथा मूल्य मान्यताहरू आफ्ना अग्रजबाट सिक्न समय हो ।

    फुर्सदको समयमा सम्भव भएसम्म हाम्रो हातमा भएको मोबाइल र इन्टरनेटमा २४ सौं घण्टा गेम खेलेर तथा सामाजिक सञ्जालमा व्यस्त भई समय बिताउनुको सट्टा इन्टरनेटबाट उपयोगी सामग्री हेर्नु र पढ्नु पर्छ । इन्टरनेटमा भेटिएको एउटा सानो जानकारीले हाम्रो जीवन शैली, लक्ष्य तथा उद्देश्य नै परिवर्तन हुन सक्छ । हामीलाई अघि बढ्न थप प्रेरणा मिल्न सक्छ । त्यसैले यो खाली समयलाई जीवनोपयोगि सिप र शिक्षाप्राप्त गर्न उपयोग गर्दा राम्रो हुन्छ

    यस बन्दाबन्दीको अवस्थालाई विद्यार्थी भाइबहिनीहरुले आफ्नो औपचारिक ज्ञानलाई व्यवहारिक ज्ञानसॅग एकिकृत गर्न आवश्यक पर्ने जीवन ज्युने तथा आत्मनिर्भर हुने सिप विकास,व्यवहार कुशल सिप विकास, सांस्कृतिक तथा नैतिक सिप विकास गर्न सकिने क्रियाकलापमा अग्रसर भई सुनौलो अवसरका रुपमा सदुपयोग गर्न सकून्।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑