
माही गणेश ! बुटवल रुपन्देही चैत्र ६ गते SEE परिक्षा सार्न सरकारको निर्णय लगतै बन्द भएका विभिन्न बिधालय, क्याम्पसहरुमा यतिबेला अन्लाईन कक्षाहरुको नाउमा भ्रमको ख्याती भैरहेको छ । बजार केन्द्रित जिबनशैलीका साथै बजार केन्द्रित शिक्षा प्रणालिले गर्दा समेत बिधार्थी ओझेलमा परेका छन। चैत ३० सम्म बिदा हुने सरकारको निर्णय पश्चात् आफ्नो झोलामा कपडा र केही सामान सहित छिट्टै बजार फर्किनी दृढता मनमा बोकेर गाउँ छिरेका बिधार्थी अहिले ओझेलमा परेका छन।
यस्तै समस्यामा बाधिएका छन बुटवल देबिनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसका बिधार्थिहरु । चैत ६गते क्याम्पसले सुचना जारी गरि चैत ३० सम्म क्याम्पस बिदा हुने कुराले गाउँ छिरेका बिद्यार्थी अन्लाईन कक्षाले मारमा परेका छन। बैशाख २५ गते पश्चात् अन्लाईन कक्षा सन्चालन गर्न क्याम्पसको निर्णय पश्चात् क्याम्पसका विभिन्न निकायमा आफ्ना समस्या हरु जानकारी गराउदा समेत क्याम्पसले केही वास्तै नगरी कक्षा सन्चालन गरेकोमा बिधार्थिहरुले आपत्ती जनाएका छन ।
पुरै बिद्यार्थी यो निर्णय सँग अनबिज्ञ छन । अन्लाईन मार्फत जारी गरिएको सुचना हरेक बिद्यार्थी सामु पुग्न सकेको छैन । प्राय गाउमा भएका बिद्यार्थी नेटवर्कको उपलब्धता भन्दा बाहिर छन जसले गर्दा उनिहरु अन्लाईन कक्षा त टाढाको कुरा सुचना समेत पाएका छैनन् भन्दै शोभाकान्त भट्टराईले भने हामी BBS को एउटै कक्षामा १०० जना भन्दा बढी बिद्यार्थी पढ्नु पर्नको निम्ति यो उपयुक्त छैन। उनले भने अन्लाईन कक्षाको नाममा क्याम्पसले १० जना बिद्यार्थी पढाएर ९० भन्दा बढी बिद्यार्थीको भबिस्य सँग खेलिरहेको छ !
त्यसैगरि अर्का बिद्यार्थी केशब न्यौपाने भने अन्लाईन कक्षा सन्चालनमा ल्याउनु राम्रो कुरा हो । तर यश बिपदको घडिमा हामिसँग आफ्नो पाठ्यपुस्तक नै छैनन् । ४/५ दिनमा गाउँ बाट फर्किउला भनेर गाउँ आए त्यस पश्चात् लकडाउन भयो । अब अन्लाईन कक्षा लिनको निम्ति गाउमा रिचार्ज कार्ड पाइएछैन । कतै कतै बाट साथिहरुले पठाइदिए भने पनि नेटवर्कको समस्या छ यश अवस्थामा हामी कक्षा कसरी लिने ? उनले भने शहरका बिधालयले गाउँका बिद्यार्थीको बारेमा नसोच्दा रहेछन । सोच्दाहुन् त हाम्रा समस्या पनि सुनिनु पर्थ्यो !
बिद्यार्थीको समस्यालाई मध्यनजर नगरी सन्चालन गरिएका अन्लाईन कक्षा र बिद्यार्थीहरुबाट प्राप्त अभिव्यक्ति ले यो कुरा स्पष्ट बुझिन्छ कि यहाँ १० जना बिद्यार्थीको नाउमा ९० बिद्यार्थीको भबिस्यमा ओझेलमा परेको छ । जहाँ स्याङ्जा पर्बत,पाल्पा,गुल्मी,अर्घाखाँची,बाग्लुङ,प्युठान जस्ता ग्रामिण भेगका बिद्यार्थीको बाक्लो उपस्थिती छ।


