मेरो देश
जादैछु सिमानामा तरवार लिएर
मिचिएको जमिनको अखबार लिएर
देशका भतुवाले केही गर्न नसकेपछी
जादैछु म कालापानी काँडेतार लिएर
छिमेकीले देश लुटेको खबर सुनेदेखी
नक्सा सँगै~भिडियो समाचार लिएर
मलाई छातीमा गोली हानेर ढालियोस
तर देश बचोस मेरो रगत उपहार लिएर
“कालापानी हाम्रो हो !
लिपुलेक हाम्रो हो !!
लिम्पियाधुरा हाम्रै हो !!
प्राण हामी दिन्छौं बरु छुन दिन्नौं भुमी !
हाम्रो भुमी फिर्ता नहुञ्जेल लडिरहन्छौं हामी !!
भारतीय बिस्तारवाद – मुर्दावाद !
नेपाल – जिन्दाबाद”।
बिपिन नेपाल