
चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको नयाँ गाउँ तिरै फर्किन्छु बोलको गीत भर्खरै सांगीतिक बजारमा सार्बजनिक भएको छ । निकै मन छुने संगीतमा उत्कृष्ट शब्द लेखका छन् चर्चित गायक तथा निर्देशक हुम गैरेले ।
गायक रामचन्द्र चन्दको एकल आवाज ,संगीत तथा एरेंजमा तयार पारिएको यथार्थ परक गीतमा आफनै गाउँ ठाउँ कसैले बिर्सन नसक्ने र सोहि कराणले सहर छोडेर गाउँमा फर्किने कथा बस्तुलाई समेटिएको छ।हुम गैरेको निर्देशन,तथा सम्पादन छ भने बसन्त महर्जनको छायांकन रहेको गीतमा उनै गायक चन्दको एकल अभिनय समेत देख्न सकिन्छ ।
हेरौ उक्त गीतको म्युजिक भिडियो
