मोहन के सी ,
२०४० सालमा बाग्लुङ्ग जिल्लाको बाटाकाचौरमा जन्मिएका नेपाली लोकदोहोरीमा छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक हुन् युवराज आचार्य । स्थानिय स्तरमा हुने सास्कृतिक कार्यक्रममा युबराज आचार्यलाई नबोलाउदा उति बेलाका कार्यक्रम खल्लो हुने गर्थे । उनि सानो हुदा बाग्लुङ्ग जिल्लाका ,बाटाकाचौर,हुग्दीशिर ,बरेंग ,साग्दी ,खाल्ले ,सल्यान सुखौरा तथा गुल्मी जिल्लाका ग्वाघा ,शान्तिपुर ,हर्राचौर सम्म पुगेर दर्शक र स्रोतालाई गीतसंगीतमै झुमाउथे ,नचाउथे ।
सानै उमेर देखि गीत संगीतमा रुचि भएका र खुवी भएका आचार्य यतिबेला नेपाली लोक संगीतमा एक सफल कलाकार ,गायक तथा सर्जक को लिस्टमा पर्छन ।२०५८ सालमा गीत निकाल्नको लागि काठमाण्डौ छिरेका गायक युवराजको पहिलो गीत हो जालमा परियो । त्यति बेलाको एक चर्चित गीत जालमा परियोले धेरै स्रोताको माया पनि पायो र युवराजलाई अझै एक खुट्किलो माथि उठाउन सफल बन्यो । लगत्तै उनले गीतसंगीतमा अझै नयाँ नयाँ गीतहरु बजारमा पस्किने क्रममा मिर्मिरे उज्यालो भाले बासेको ,बाजा बजाउँदा (पन्चे बाजा ),उतै बस उतै माया लाउ गर्दै हाल सम्म सयौं गीत बजारमा ल्याउन सफल भएका छन् ।
नेपाली लोकसंगीतमा करिब डेढ दशक बिताई सकेका आचार्यका चर्चित गीतहरु मिर्मिरे उज्यालो भाले बासेको ,उठ सानु उज्यालो भयो,फुलको डाली नुग्नी बेला भो ,आफ्फ्नै मन घाइते गराउछु जस्ता थुप्रै गीतहरु छन् । प्रतक्ष्य दोहोरी गाउँदा युवराजले नसोचेका शब्दले झटारो हान्ने गर्छन र त उनलाई प्रतक्ष्य दोहोरी गीतमा शब्दका राजा मान्ने गर्छन उनीसंग दोहोरी गाउने गायीका तथा हेर्ने दर्शक स्रोताहरुले । गायक युबराज आचार्यका पछिल्ला गीतहरु ‘जन्ती'(पन्चेबाजा) र रोइला चाईनिज चप्पल पड्काउदै दर्शक स्रोताले अतिनै रुचाईएका गीत हुन् ।
जापनालाई कर्मथलो बनाएर नेपाली लोक संगीतमा केहि गर्नु छ भन्ने सोच र विचारका साथ् अगाडि बढिरहेका युबराज नेपाली लोक दोहोरी गीत प्रतिस्ठान जापानको अध्यक्ष समेत भईसकेका छन् ।नेपाली लोक संगीतमा कसरी मौलिकता र सस्कृतिलाई जगेर्ना गर्न सकिन्छ,कसरि मौलिकतापन बचाउन सकिन्छ भनेर लागि परेका एक सफल गायक तथा सर्जक युबराज आचार्यलाइ आगामी दिनमा अझै धेरै सफलता मिलोस बुटवल दैनिक डट कम को तर्फबाट शुभ-कामना छ ।
युवराज आचार्यको पन्चे बाजा गीत -जन्ती