पछिल्लाे समय जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने जस्ता सामाजिक कार्यहरुमा युवा पुस्ताहरुकाे रुचि बढ्दै गएकाे छ ।
यसै क्रममा सकारात्मक कार्यलाई आत्मसाथ गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष सङ्गम खवासले
आफ्नो जन्मदिनको अवसरमा रुपन्देहीकाे बुटवल १५ स्थिति उजृलापुरमा रहेकाे लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दैनिक उपभाेग्य बस्तु खाद्यान्न बितरण गरेका छन।
बुटवल बहुमुखीमा स्नातकोत्तर पहिलाे बर्षमा अध्यानरत रहेका खवासले समाजिक कार्यमा सानै देखिकाे रुच भएकाे कारण बिगतमा पनि आफ्नाे जन्मदिन यसरि नै मनाएकाे र याे बर्ष पनि समाजमा जाे अशक्त छ जस्ले ईच्छा शक्ति हुदाँ हुदैँ पनि काम गर्न सक्दैन उनिहरुकाे साथमा रहेर हरेक बर्ष आफ्नाे जन्माेउत्सब मनाउने गरेकाे बिध्यार्थी खवासले बताए।
सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै खवास घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको बुटवल दैनिकलाई बताए । उनले भने हामी समाजमा जन्मिएकाे केहि गर्नु पर्छ भनेर हाे समाजका लागी जन्मियाैँ समाजकै लागी माेर्छाै समाजमा मान सम्मान ले आदरणीय हुनु भन्दा पनि केहि नयाँ परिवर्तनकारी काम गरेर अरु भन्दा फरक एक असल उदाहरणिय व्याक्ति बन्नु आफ्नाे उदेश्य रहेकाे बताए ।
खाद्यान्न बितरण कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन(क्रान्तिकारी) जिल्ला उपाध्यक्ष टिकाराम आचार्य क्याम्पस उपाध्यक्ष खिमराज गिरि नगर कमिटीका सदस्य लगायत क्याम्पस कमिटि पदाधिकारीहरुकाे पनि उपस्थित रहेकाे थियाे ।