• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  राजनीति

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन, नयाँ नेतृत्व, बहस र एजेन्डाकाे खाचाे ?

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३१, शनिबार (६ साल अघि)
  • १८९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    साउन ३१ ।
    नेपाली राजनीतिक इतिहासको जीवित सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको १४ औं महाधिवशेशनको चर्चा शुरु भईसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकतन्त्रको लागि सबभन्दा बढी अपिल क्षमता भएको र नेपालका रहेक राजनीतिक क्रान्तिको नेतृत्वकर्ता दलको महाधिवेशनका सन्दर्भमा विभिन्न बहस र अड्कलवाजी हुनु सान्दिर्भक नै छ । हालसम्म भएका ७ वटा आमनिर्वाचन मध्ये २०१५ सालको पहिलो आमनिर्वाचनमा दुई तिहाई, २०४८ सालमा बहुमत, २०५६ मा बहुमत र २०७० सालमा सबैभन्दा ठूलो दल भएको पार्टी २०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा जनमतमा पहिलो हुन नसकेपछि असफलताको कारणले निराश कार्यकर्ता र एकअर्कालाई आरोपित गरेको नेतृत्वले असफलतालाई चिरेर कसरी अघि बढ्न सकिन्छ पहिल्याउन नसकेर कुहिराको कागको स्थितिलाई महाधिवेशन मार्फत चिरेर पुन देशको नेतृत्वदायी शक्ति बन्ने आशामा रहेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आमसभा तथा राजनीतिक बहसमा वी.पी., गणेशमान, सुवर्णसमशेर, यज्ञवहादुर, राम-लक्ष्मण, सूर्यप्रसाद, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला जस्ता हजारौं हजार राजनीतिक योद्धाहरुको इतिहास गौरवका साथ सुनाउने गरेको पाइन्छ तर दक्षिण एसियाको सबैभन्दा धनी र संगठित पार्टी संग प्रतिस्पर्धा गर्नु पर्ने पार्टी संग विगतको गौरवमय इतिहासले मात्र पुग्दैन आकर्षक भावी कार्यक्रम पनि हुन जरुरी छ ।

    सैद्धान्तिक रुपमा प्रजातान्त्रिक समाजवादी रहेको दलले आउने महाधिवेशन मार्फत धेरै प्रश्नको समाधान खोज्नु पर्ने छ । गरीवीको रेखामुनी रहेका जनताहरुका दैनिक जीवन गुजाराका प्रश्नलाई पनि यसै महाधिवेशनमार्फत सम्बोधन गर्न सक्नु पर्दछ । करीव ६० प्रतिशत जनताको जीवन निर्वाहको आधारको रुपमा रहेको कृषि पेशामा आजीवन संघर्ष गर्दा पनि बेलामा बीउ मल नपाउने, सिचाइ सुविधा नपाउने, उत्पादित सामाग्रीको मूल्य नपाएर कहिल्यै सुधार हुन नसकेको कृषकहरुको आर्थिकस्तर सुधार्ने नीति निर्धारण गर्नु पर्छ।

    लेलिनले सन् १९१७ को बोल्सेभिक क्रान्ति सम्पन्न गरे पश्चात रुसवाट शुरु गरेको राज्य निर्देशित समाजवादी अर्थब्यवस्था मार्फत शुरु गरेको सरकार नियन्त्रित सरकारी संस्थानहरु स्थापना गर्ने विश्वब्यापी लहर संगै स्थापना गरिएका नेपालका आर्थिक बोझ बन्न पुगेका सरकारी संस्थानलाई सन् ८०को उत्तरार्धसंगै वेलायतको मार्गरेट थ्याचरकालिन प्रशासनवाट शुरु गरिएको नीजिकरणको अवधारणा मार्फत नाफामूखी संस्थामा परिणत गर्दा जनतालाई आधारभूत सेवा सर्वसुलभ ढंगले कसरी उपलब्ध गराउने त्यसको लागि संरचना स्थापित गर्नु पर्ने छ । किनभने नीजी क्षेत्रको प्रवृति भनेको नाफामुखी क्षेत्रमा मात्र लगानी गर्ने हो । यतिवेलाको आवश्यकता भनेको नीजि विद्यालय र अस्पताल जस्ता नीजी क्षेत्रको विरोध मात्र गर्ने समय होइन कसरी सरकारी विद्यालय, अस्पताल र सेवा क्षेत्रको गुणस्तर सुधार गरी जनतालाई निजी क्षेत्रको प्रतिश्पर्धी सेवा उपलब्ध गराउने भन्ने समय हो । आर्थिक उदारीकरणलाई समर्थन गरेको नेपाली कांग्रेसले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिईरहेको सन्दर्भमा उपभोक्ताको अधिकार संरक्षण गर्ने हो भन्ने तर्फ पनि ध्यान दिनु पर्दछ । आगामी दिनमा निजी क्षेत्रले अधिकार र प्रोत्साहनको नाममा सिण्डीकेट, कार्टेलिङ, एकाधिकार र कालावजारी गर्न नसक्ने नीति र संरचना निर्माणमा कांग्रेसले चिन्तन जरुरी छ । संविधानले अर्थतन्त्रको तेस्रो खम्बाको दर्जा दिएको ६५ लाख जनतालाई संगठित गरेको सहकारी क्षेत्रलाई चलायमान बनाउँदै देशको उत्पादकबृद्धिमा लगाउने योजना तय गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ।

    नेपालमा खुलेका उद्योगले आवश्यक जनशक्ति नेपालमा नपाई विदेशबाट ल्याउनु पर्ने तर स्वदेशी जनशक्तिले नेपालको रोजगारी बजारमा अवसर नपाउने अवस्था सिर्जना गर्ने असान्दर्भिक विद्यालय र विश्वविद्यालयका शैक्षिक कार्यक्रम परिमार्जन गर्ने योजना के हुने ? वर्षेनी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिलाई कसरी शैक्षिक वेरोजगार हुनवाट जोगाउने भन्ने नीति तथा कार्यक्रम के हुने ? ५० लाख भन्दा बढी संख्यामा बैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र फर्किनका लागि अवसर कुन क्षेत्रमा कसरी सिर्जना गर्ने? रोजगारीको अभावमा वर्षेनी लाखौंको संख्यामा विदेशिन बाध्य नेपाली र अनिश्चित भविश्यको निराशाले विभिन्न दस्ता र समूहमा लागि अपराधिक क्रियाकलापमा बाध्य हुन विवश युवाहरुलाई आफ्नो कार्यक्रम मार्फत कसरी सुरक्षित भविश्य देखाउने ? यी र यस्ता युवा सम्बन्धित प्रश्नको उत्तर महाधिवेशनले दिन सक्नु पर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा पछि २०७४ सालको निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भईसकेपछि शक्तिमा आएको सत्तासीन दलले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमा प्रचुर बहुमतका साथ सरकार चलाउने अवसर पाउँदा भष्ट्राचारको दलदलमा परेर, आन्तरीक राजनीतिक खिचातानीका कारण देशलाई सहज रुपले चलाउन सकेको छैन, सरकारको अकर्मण्यताको कारणले निराशामा रहेका जनतालाई आशाको स्रोतमा स्थापित रहनु कांग्रेसको जिम्मेवारी रहेको छ । शान्ति नायक गिरिजाप्रसाद कोइरालाले वार्ताको माध्यमबाट जंगलबाट संसदमा ल्याएका माओवादीहरुलाई शान्तिको मूलधारमा ल्याइसक्दा पनि त्यसैबाट टुक्रिएका शक्तिलाई पुन मूलधारमा ल्याउनु छ ।

    यसै महाधिवेशनवाट नेपाली कांग्रेसले चाहे जस्तो राजनीतिक परिवर्तन, आर्थिक र सामाजिक परिवर्तन तत्काल गर्न त सकिदैंन तर सही कार्यक्रम र योजना ल्याउन सकेको खण्डमा दशकौं आशामा वसेका नेपाली जनता केही वर्षको संघर्ष र योगदानका लागि नेपाली कांग्रेसको छातामूनी गोलबन्द रही प्रतीक्षा गर्न अवश्य तयार रहनेछन् । तर यसका लागि नेपाली कांग्रेसका नेतृत्वमा रहेका सिमित पदाधिकारीले बुझ्ने मात्र होइन साधारण नेपाली जनताले बुझ्ने गरी सरल र स्पष्ट नीति, कार्यक्रम र योजना ल्याउनुपर्नेछ ।

    कार्यकर्ताको मनमा प्रश्न छन् महाधिवेशनले कांग्रेसमा भावनात्मक एकीकरण गर्न सक्ला की नसक्ला ? राजनीतिक सर्वोच्चताको स्थान देखि लज्जास्पद दोस्रो स्थानमा पुगेको दलको स्थिति पुरानो स्थानमा फर्काउन नेताहरुले के के नीति तथा कार्यक्रम प्रस्तुत गर्ने होलान् ? अव देखि भागवण्डाको राजनीतिले स्थान पाउला की नपाउला ? विगतमा अन्य नेतालाई परिवारवादको आरोप लगाउने नेताहरुले आफ्नो पालो पर्दा त्यो ब्यवहार गर्लान् की नगर्लान् ? अवदेखि कांग्रेस राजनीतिको केन्द्र दलको कार्यालय होला की कुनै नेता विशेषको घर ? केन्द्रीय, जिल्ला पार्टीका विभागहरु अर्को महाधिवेशन घोषणा भए पछि गठन होलान् कि निर्वाचित भईसकेपछि पहिलो बैठकले धन्यवाद ज्ञापन, दोस्रो बैठकले पदाधिकारी मनोनयन गरी सकेपछि तेस्रो बैठकबाट कार्यबिभाजन गरी विभाग गठन आरम्भ गर्लान् ? गाउँ, शहर टोलमा बाटो स्वयंसेवी रुपमा बाटो, खानेपानी, विद्यालय, क्याम्पस, स्वास्थ्य केन्द्र, सामुदायिक बन, सामाजिक संस्था, सहकारी बनाउन योगदान गरेका, पार्टीलाई कमाउने माध्यम नबनाएका, जनतासंग जोडिएका, निष्ठावान कार्यकर्ताहरु नेतृत्वमा आएर पार्टीलाइ जनतासंग जोड्लान् कि केही विमानस्थल डेरा बनाएका गणेश कार्यकर्ताले पार्टी कब्जा गर्लान् ? महिला संघ, विद्यार्थी संघ, किसान संघ जस्ता निस्क्रिय रहेका भातृ संगठन र सुभेच्छुक संगठनलाई जीवन्त बनाउलान्? सभापतिको उम्मेदवार को को होलान् ? सभापतिमा जित्ने कसले होला ? अहिलेको सत्ता गठजोड र समीकरणले सभापतिको प्रतिश्पर्धामा कसलाई सहयोग गर्ला ? नेता कार्यकर्ताहरुले आफ्ना भेटघाटमा यस्ता प्रश्न र सवालहरुलाई बहसको केन्द्र बनाइरहेका छन् ।

    जनतासंग जोडिन भएको कमजोरीको कारणले दोस्रो हुनु परेको पीडामा रहेका कार्यकर्तामा उत्साह भर्दै स्पष्ट नीति, कार्यक्रम र योजनाका साथ आउन यो महाधिवेशन कांग्रेसको लागि ठूलो अवसर छ । जमिनको यथार्थलाई विर्सेर महाधिवेशनमा विरासतको नाममा, इतिहासको नाममा, पदको नाममा, गुटको नाममा, चाकडीको नाममा पुन पदमा आउने र त्यसरी अघि बढ्ने चाहना कसैको छ भने त्यो नसोचे हुन्छ फोहरै भएपनि वाग्मती नदीमा धेरै पानी वगीसकेको छ, राजनीतिक क्रान्ति सम्पन्न भइसकेको स्थितिमा नेपाली कांग्रेसलाई बलियो बनाउँदै जनतासंग मिलेर आर्थिक क्रान्ति गर्ने कार्यक्रम, योजना ल्याउन नसक्ने असान्दर्भिक पात्रहरु यसै अधिवेशनवाट बढारिनेछन्, अवको दिनमा नेपाली कांग्रसले ब्यक्ति प्रधान होइन नीति, विधि र संरचना प्रधान राजनीति अवलम्बन गर्नेछ, इतिहास मात्र बेचेर खाने होइन भविश्य देखाउने नेतृत्वले नेपाली कांग्रेस मात्र होइन नेपाल देश हाक्ने अवसर पाउने छ । यसको लागि नेपाली कांग्रेसका कार्यकर्ता र नेतृत्वहरुबीच सार्थक वहस भने आवश्यक छ ।

    • #नेपाली कांग्रेस
    • #महाधिवशेशन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

    संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

    इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑