प्रत्येक श्रावण शुक्ल पन्चमीको दिनलाई नाग पन्चमीको रूपमा मनाउने गरिन्छ । घरको मुल द्वार (ढोका) माथी नागको तस्बिर विधिपूर्वक पूजा गरि टासिन्छ।नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने मान्यता रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी
तिथिका स्वामी नाग देवता हुन्।
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता,फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। यस दिनदेखि बर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म ,तक्षक, कुलीर, कर्कट र
शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वासरहेको छ । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन। नागपञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । सर्पले वायुमण्डलमा रहेको दुसित हावा ग्रहण गरि वातावरण शुद्ध गर्न पनि महत्त्वपूर्ण भुमिका खेल्छ भन्ने बैज्ञानिक मान्यता पनि छ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो
भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ
रोक्नलाई तक्षक नागकै भानिज आस्तिक , जरत्कारु र मनसादेवी
सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको
दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै
नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख
भएको पाइन्छ ।
त्यस्तै नाग पन्चमीका सम्बन्धमा अर्को एउटा किम्बदन्ती पनि छ । जस अनुसार प्राचिनकालमा एउटा किसानले आफ्नो बाली लगाउन खेतमा खन्दा माटो भित्र रहेका तीनवटा नागका बच्चाहरू काटिएर मरेछन्। त्यसपछि ती
बच्चाहरूकि आमा नागिनीले थाहा पाएपछि किसानका घरमा गई उसका
सबै परिवारलाई डसेर मारिदिएछ । त्यसबेला संयोगबश एउटी
छोरी बाहिर कतै गएकिले उ मात्रै बाच्न सफल भइछ।
त्यसपछि नागिनीले थाहा पएर ती कन्यालाई डसेर मार्न भन्दै अर्को दिन किसानको घरमा गएछ । त्यतिबेला कन्याले रूदै हात जोडेर बिलौना गर्दै माफी मागिन , म बाच्न पाउ,म तपाईलाई दूध पिलाउछु भन्दै रोई कराई गर्न थालिन् । अनि कचौरा भरी दूध ल्याएर नागिनीका अगाडी राखिदिईन्, नगिनीलाई पनि भोक प्यास र थकाई लागेको हुदा उसले त्यो दुध पिई र आफुलाई शान्त पारी, अनि ती कन्या लाई जीवन दान दिई। अनि
उसले केही माग्नु छ भने माग म तिमीलाई बरदान दिन्छु
भनी । किसानकी छोरीले आफ्ना मरेका सबै परिवारलाई पुन: बचाईदिन आग्रह गरिन् । त्यसपछि नागिनीले ती कन्याको आग्रह अनुसार मरेका सबै परिवारलाई जिवित परिदिइन् । पुनर्जीवन पाएका सबै सदस्य हर्षित हुँदै त्यस दिनबाट नाग देवताको पूजा आरधाना गर्न थाले । संयोग बस त्यो दिन श्रावण शुक्ल पन्चमी भएकाले त्यो दिनलाई नाग पन्चमी भन्न थालियो।
हरेक कृषकहरूले यो दिन नागको विशेष रूपमा पुजा गर्ने गर्द छन् ।
हिन्दुधर्मावलम्बीहरूले नागलाई शिव र विष्णुको प्रतिकको रूपमा
मानेर पुजा गर्दछ्न् शिवले आफ्नो गलामा नागको माला लगएका छ्न् भने विष्णु जलमाथी शेषनागको शैय्यामा फाडको छाता ओडी सुतेको
देखिन्छ । त्यसैगरी कृष्णका दाई वलाराम र रामका भाई लक्ष्मण
पनि शेषनागका अवतार मनिन्छ्न् । त्यसै गरि पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त
द्वितीयले पनि नाग कन्या सङ्ग विवाह गरेका थिए भन्ने कुरा
पुराणहरूमा उल्लख गरिएको छ।
तसर्थ यस आधारमा पनि नागको महत्त्व रहेको पुष्टि हुन्छ । जुन घरमा
नागको बाँस हुन्छ , त्यो घरमा लक्ष्मीको पनि बाँस हुन्छ भन्ने
बिश्वास रहेको छ । सर्प भूमिमा र जलमा बाँस गर्ने प्राणीलाई पनि
सम्मान पुर्वक पूजा गर्ने परम्पराले पनि हाम्रो वैदिक धर्म सबै
प्राणी प्रति सद्भाव राख्छ भन्ने पुष्टि हुन्छ । अर्को तर्फ नाग
पन्चमी पनि नेपाल कृषिप्रधान मुलुक भएको र नाग कृषकहरूले
बढी मान्य देवता भएकाले नेपालको महत्त्वपूर्ण चाड अन्तर्गत नै पर्दछ ।
अस्तु। (लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )