• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    सबै प्राणी प्रति सद्भावको पर्व नाग पञ्चमी

  • चक्रपाणी डुम्रे
  • २०७७ श्रावण ९, शुक्रबार (६ साल अघि)
  • १०३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)

    प्रत्येक श्रावण शुक्ल पन्चमीको दिनलाई नाग पन्चमीको रूपमा मनाउने गरिन्छ । घरको मुल द्वार (ढोका) माथी नागको तस्बिर विधिपूर्वक पूजा गरि टासिन्छ।नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने मान्यता रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी
    तिथिका स्वामी नाग देवता हुन्।

    नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता,फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। यस दिनदेखि बर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म ,तक्षक, कुलीर, कर्कट र
    शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वासरहेको छ । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन। नागपञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । सर्पले वायुमण्डलमा रहेको दुसित हावा ग्रहण गरि वातावरण शुद्ध गर्न पनि महत्त्वपूर्ण भुमिका खेल्छ भन्ने बैज्ञानिक मान्यता पनि छ।

    पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो
    भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ
    रोक्नलाई तक्षक नागकै भानिज आस्तिक , जरत्कारु र मनसादेवी
    सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको
    दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै
    नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख
    भएको पाइन्छ ।

    त्यस्तै नाग पन्चमीका सम्बन्धमा अर्को एउटा किम्बदन्ती पनि छ । जस अनुसार प्राचिनकालमा एउटा किसानले आफ्नो बाली लगाउन खेतमा खन्दा माटो भित्र रहेका तीनवटा नागका बच्चाहरू काटिएर मरेछन्। त्यसपछि ती
    बच्चाहरूकि आमा नागिनीले थाहा पाएपछि किसानका घरमा गई उसका
    सबै परिवारलाई डसेर मारिदिएछ । त्यसबेला संयोगबश एउटी
    छोरी बाहिर कतै गएकिले उ मात्रै बाच्न सफल भइछ।

    त्यसपछि नागिनीले थाहा पएर ती कन्यालाई डसेर मार्न भन्दै अर्को दिन किसानको घरमा गएछ । त्यतिबेला कन्याले रूदै हात जोडेर बिलौना गर्दै माफी मागिन , म बाच्न पाउ,म तपाईलाई दूध पिलाउछु भन्दै रोई कराई गर्न थालिन् । अनि कचौरा भरी दूध ल्याएर नागिनीका अगाडी राखिदिईन्, नगिनीलाई पनि भोक प्यास र थकाई लागेको हुदा उसले त्यो दुध पिई र आफुलाई शान्त पारी, अनि ती कन्या लाई जीवन दान दिई। अनि
    उसले केही माग्नु छ भने माग म तिमीलाई बरदान दिन्छु
    भनी । किसानकी छोरीले आफ्ना मरेका सबै परिवारलाई पुन: बचाईदिन आग्रह गरिन् । त्यसपछि नागिनीले ती कन्याको आग्रह अनुसार मरेका सबै परिवारलाई जिवित परिदिइन् । पुनर्जीवन पाएका सबै सदस्य हर्षित हुँदै त्यस दिनबाट नाग देवताको पूजा आरधाना गर्न थाले । संयोग बस त्यो दिन श्रावण शुक्ल पन्चमी भएकाले त्यो दिनलाई नाग पन्चमी भन्न थालियो।
    हरेक कृषकहरूले यो दिन नागको विशेष रूपमा पुजा गर्ने गर्द छन् ।
    हिन्दुधर्मावलम्बीहरूले नागलाई शिव र विष्णुको प्रतिकको रूपमा
    मानेर पुजा गर्दछ्न् शिवले आफ्नो गलामा नागको माला लगएका छ्न् भने विष्णु जलमाथी शेषनागको शैय्यामा फाडको छाता ओडी सुतेको
    देखिन्छ । त्यसैगरी कृष्णका दाई वलाराम र रामका भाई लक्ष्मण
    पनि शेषनागका अवतार मनिन्छ्न् । त्यसै गरि पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त
    द्वितीयले पनि नाग कन्या सङ्ग विवाह गरेका थिए भन्ने कुरा
    पुराणहरूमा उल्लख गरिएको छ।

    तसर्थ यस आधारमा पनि नागको महत्त्व रहेको पुष्टि हुन्छ । जुन घरमा
    नागको बाँस हुन्छ , त्यो घरमा लक्ष्मीको पनि बाँस हुन्छ भन्ने
    बिश्वास रहेको छ । सर्प भूमिमा र जलमा बाँस गर्ने प्राणीलाई पनि
    सम्मान पुर्वक पूजा गर्ने परम्पराले पनि हाम्रो वैदिक धर्म सबै
    प्राणी प्रति सद्भाव राख्छ भन्ने पुष्टि हुन्छ । अर्को तर्फ नाग
    पन्चमी पनि नेपाल कृषिप्रधान मुलुक भएको र नाग कृषकहरूले
    बढी मान्य देवता भएकाले नेपालको महत्त्वपूर्ण चाड अन्तर्गत नै पर्दछ ।

    अस्तु। (लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

    • #नाग पञ्चमी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑