फर्साटिकर रुपन्देही जेठ १
बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ रुपन्देहीका विभिन्न स्थानमा देखीएपछि त्यसको मध्यनजर गर्दै कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरणका लागि शुद्धोधन गाउँपालिका वडा न:३ र ४ अन्तरगत रहेका औषधि पसल बाहेक सम्पुर्ण पसल तथा बैकिङ्ग कारोबारहरु समेत जेठ ५ गते सम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
वडा न:३ का वडा अध्यक्ष तथा नोबेल कोरोना भाइरस रोकथाम नियन्त्रण तथा समन्वय समिति शुद्धोधन ३,४ का सह संयोजक हेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिको बैठकले कृषि कार्यका साधन बाहेक अन्य कुनै पनि सवारी साधनलाइ आवातजावतमा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। बुधबार मात्रै शुद्धोधन गाउँपालिकाका सबै नाकाहरु जेठ ५ गतेसम्म बन्द गर्ने लगायतका विभिन्न निर्णय गरेको थियो।