• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले गरे ‘नर्स रोबोट’ निर्माण -सक्दो शेयर गरौ

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ४, आईतबार (६ साल अघि)
  • १३८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    जेठ, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्रमानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरूले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

    मोबाइलमा हेरेरै एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दुरीसम्म जान र फर्किन सक्छ ।

    रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ । यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन । ‘रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुर्‍याइदिन सक्छ’, निर्माणकर्तामध्येका एक लव पन्थीले भने, ‘भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’

    एक हप्तामा सफ्टवेयर बनाएपछि दुई हप्ता समय लगाएर रोबोटको हार्डवेयर (शरीर) तयार गरेको कुश पन्थीले बताए । रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले बताए ।

    लव-कुश तिलोत्तमा कलेजमा कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पढ्दैछन् । उनीहरूले ‘नर्स रोबोट’ शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेका छन् ।

    रोबोट सञ्चालनको अवलोकनपछि मन्त्री बरालले कलिलो उमेरमै जुम्ल्याहा दाजु भाइले गरेको वैज्ञानिक खोज र आविष्कारको सह्राना गर्दै मन्त्रालयले रोबोट बनाउन लागेको खर्च व्यहोर्ने बताए ।

    उनले रोबोटलाई थप परिमार्जन गरी केही ठूलो आकारको र बोल्न सक्ने बनाउन सुझाव दिंदै त्यसका लागि लाग्ने खर्च पनि मन्त्रालयले दिने प्रतिवद्धता जनाए ।

    ‘कोरोना जस्तै संक्रामक रोगहरूको उपचारमा यस्ता मानवयन्त्रको प्रयोगलाई बढाउनुपर्छ भन्नेमा प्रदेश सरकार स्पष्ट छ’ मन्त्री बरालले भने । यसअघि लव–कुशले कक्षा ८ मा पढ्दै गर्दा पहिलोपटक अंग्रेजी भाषामा बोल्ने गो–गो–१ रोबोट बनाएका थिए ।

    त्यसपछि नेपाली भाषा बोल्ने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने विशेषताको गो–गो– २ र लब कुश मार्स रोबोट गरी तीनथरीका रोबोट बनाइसकेका थिए । केही दिनअघि उनीहरूले तिलोत्तमा प्रवेशद्वारामा जडान गरिएको स्टानिटाइजर स्टेसनका लागि सेन्सर सिस्टम डिजाइन गरेका थिए ।

    • #नर्स रोबोट
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑