• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  कला/मनोरंजन

    लुम्बिनीको वातावरणिय अबस्था उद्योगका कारण बढ्यो प्रदुषण

  • २०७६ चैत्र ९, आईतबार (६ साल अघि)
  • १५२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    राधा बस्नेत  / लुम्बिनी 

    फेसबुकमा पछ्याउनुहोस्

    शहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला । यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन् । धुलो, धुवाँ, विभिन्न रासायनिक पदार्य केमिकलहरु, आणविक हातहतियार निर्माण तथा प्रयोग गर्दा उत्पन्न हुने हानिकारक ग्यासहरु वायुमण्डलको हावामा मिसिन गई हावा दुषित हुनु नै बायु प्रदूषण हो । मानिस लगायतका जिवित प्राणीको लागि आवश्यक पर्ने हावामा धुलो,धुवाँ, हानिकारक ग्यासहरुले गर्दा बायु प्रदुषण हुन्छ र प्राणिको स्वास्थ्यमा नकरात्मक असर पर्दछ ।

    केही वर्षदेखि वायु प्रदुषणको मात्रा तीव्र गतिमा बढ्दो छ यसले वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रमा समेत गम्भिर असर परिरहेको छ । वायु प्रदुषणलाई एक प्रकारको धुम्रपान पनि भन्ने गरेको पाईन्छ । त्यस्तै वैज्ञानिकका अनुसार हालको वायु प्रदुषणको अवस्था अनुसार मानिसको आयु २–३ प्रतिशत सम्म घट्ने बताउँछ त्यस्तै छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदुषणका कारण हरेक दश जनामा ४ जनाको फोक्सो खराव भएको देखाएको छ । अहिलेको युग बिज्ञान र प्रविधिको युग कहि कतै बिज्ञान र प्रविधिको प्रयोगको कारणले नै प्राणीहरुमा बढी असर गरिरहेको त छैन ।

    हालका दिनहरुमा विभिन्न तथ्यांक अध्ययन गर्दा लुम्बिनीको वायु प्रदुषणमा उच्च जोखिम रहेको देखाएका छन् । लुम्बिनी क्षेत्र आसपास थुप्रै उद्योग छन्। भैरहवा–लुम्बिनी करिडोरमा मात्र १२ वटा सिमेन्ट उद्योग छन्। देशकै ४० प्रतिशत सिमेन्ट उत्पादन यही क्षेत्रमा हुन्छ। यसबाहेक कागज, छड, इँटा, स्टिल, खानेकुरा, छाला लगायत ५० भन्दा बढी साना-ठूला उद्योग सञ्चालनमा छन्। लुम्बिनीको बढ्दो प्रदूषणमा यी उद्योगबाट निस्कने धूलोधुँवाको हिस्सा ४८ प्रतिशत देखिएको त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक रामप्रसाद रेग्मी बताउँछन्।

    वातावरण विभागले भौतिकशास्त्र विभाग अन्तर्गतको नेशनल एट्मोस्फेरिक रिसोर्स एन्ड इन्भाइरोमेन्टल रिसर्च ल्याबोरेटोरी (नारेल) ले गरेको लुम्बिनीको वातावरणीय अध्ययन अनुसार लुम्बिनी बातावरणिय प्रदुषण खतरा जोनमा देखिन्छ । ‘लुम्बिनी क्षेत्रमा जुन हिसाबले प्रदूषण बढेको छ, त्यसले भविष्यमा नराम्रो परिणाम ल्याउँछ ।लुम्बिनीका विभिन्न ठाउँमा रहेका सिमेन्ट उद्योगबाट निस्कने प्रदूषणमा पनि उक्त विभागले अध्ययन गरेको थियो। त्यो धूलोधुँवाको मुस्लोले राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, कृषि उत्पादन, डाँडापाखा र आसपासका बस्तीमा असर पुर्याएको अध्ययनले देखाएको छ।

    लुम्बिनी क्षेत्र प्रदूषणको दोस्रो मुख्य कारण हो, घरायसी प्रयोजननिम्ति बालिने दाउरा, गुइँठा। प्रदूषणमा यसको हिस्सा ३८ प्रतिशत छ। त्यहाँ अहिले पनि अधिकांश घरमा दाउरा-गुइँठा बालिन्छ। ग्यास बाल्ने चलन बढे पनि गाईवस्तुको आहारा पकाउन दाउरा-गुइँठै प्रयोग हुन्छ,’ उनले भने, ‘फेरि त्यहाँ कम खर्चमै दाउरा-गुइँठा उपलब्ध हुँदा महँगो ग्यास वा बिजुलीमा गाईवस्तुको आहारा पकाउनेबारे मान्छेले सोच्दैन।’ लुम्बिनीमा सवारी साधनको संख्या र आउजाउ दिनकै बढ्दो छ। मालवाहक गाडीको ओहोरदोहोर उत्तिकै। मुख्यतया डिजेलबाट चल्ने ठूला ट्रक र लरीले धेरै धुँवा फ्याँक्छन्।औद्योगिक र भारतीय सीमावर्ती क्षेत्र भएकाले साना-ठूला सवारीको चहलपहलले पनि लुम्बिनीको प्रदूषण बढाएको छ ।

    वातावरण विभागको अध्ययन अनुसार यहाँ कात्तिकदेखि फागुनसम्म अधिक प्रदूषण हुन्छ। यो समय लुम्बिनी प्रदूषणको ‘सिजन’ मानिन्छ।अरू बेला पनि मापदण्ड भन्दा बढी नै प्रदुषण देखिएको छ। सिजनमा लुम्बिनीको प्रदूषण ‘पिएम’ (पार्टिकुलेट म्याटर) २.५ मा नाप्दा झन्डै २०० हाराहारी पुगेको तथ्यांक छ । मापदण्ड अनुसार ३५ देखि ४० हुनुपर्छ। ‘पिएम’ भनेको धूलोका मसिना कण हुन् जुन आँखाले देख्न सकिँदैन। जुन मात्रामा लुम्बिनीमा धूलोका कण बढेको छ, त्यो हाम्रो नाकमुख हुँदै फोक्सो र रक्तनलीसम्म पुग्न सक्ने अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनहरूले पुष्टि गरिसकेका छन्।

    ‘लुम्बिनी प्रदूषणबाट आक्रान्त भइसकेको छ। यसको दीगो समाधान खोज्न नीतिमै सुधार हुनुपर्छ,’ वातावरण विभागका पौडेलले भने, ‘यसअघि केही उपाय र विकल्पसहित सुधार्दै लैजान सकिन्छ।’ लुम्बिनीका अधिकांश उद्योगले वातावरण प्रदूषण नियन्त्रण निर्देशिका मापदण्ड पूरा गरेका छैनन्। ति उद्योगहरुमा अनिवार्य रूपमा धूलोधुँवा नियन्त्रण गर्ने उपकरण राखिनुपर्ने वातावरण विभागले बतायो ।

    वायु प्रदूषणको अवस्थामा मानिसहरुले फेर्ने हावामा धुलोका कणहरु श्वासप्रश्वास बाट लाग्ने बिभिन्न रोगहरु घाँटी खिसखस,टि.भी,आँखा पोल्ने चिलाउने, नाकबाट पानी बग्ने , आशु आउने,मानसिक तनाव त्यस्तै गरेर रासायनिक पदार्थ र ग्यासहरुको कारण ओजन तहको विनास भई सूर्यबाट प्रत्यक्ष रुपमा हानिकारक किरणहरु पृथ्वीमा आई क्यान्सर लगायत बिभिन्न रोगका साथै अत्याधिक गर्मीका कारण बन्यजन्तु लोप सम्म हुने, अति बृष्टि, अना बृष्टि आदि समस्या देखा पर्दछन् । आजका दिनहरुमा वायु प्रदुषण चूनौतीको रुपमा देखा पर्दे गर्दा वायु प्रदुषण नियन्त्रणका लागि यस्ता उपायहरु अपनाउन सकिन्छ ।

    सबैभन्दा पहिले आम नागरिकले आफ्नो ठाँउबाट कदम चाल्न सुरु गर्नुपर्यो आफ्नो घरभित्र बाट निस्कने धुवाँ नियन्त्रण गर्नका लागि सुधारिएको चुलो, ग्यास बिजुली बत्तिहरुको प्रयोग गर्ने, राज्यले नेपाल राजपत्रमा सूचना प्रकाशन गरे बमोजिम मापदण्ड बिपरितका सवारी साधन औधाेगिक प्रतिष्ठानहरुलाई रोक लगाउने, स्थानीय सरकारहरुले वायु प्रदूषण सम्वन्धी नीति नियम निर्माण गराई कार्यान्वयन गर्ने बाहिर, बाहिर निस्कदा माक्स चस्माहरुको प्रयोग गर्ने, बन जंगल संरक्षणका साथै वृक्षारोपणका अभियान सञ्चालन गर्ने जस्ता विभिन्न उपायहरु अपनाउनु पर्ने देखिन्छ । आजका दिन हरुमा वायु प्रदूषण जिवित प्राणिहरुका लागि चूनौती बन्दै गएको छ । भोलीका दिनहरुका लागि आजबाट नै सोचौँ दिगो बिकासका लागि पहल गरौँ । स्वास्थ्य नै धन हो । सबैले आ-आफ्नो ठाँउबाट वायु प्रदूषण नियन्त्रणमा लागि परौँ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑