• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  मुख्य समाचार

    गण्डकी प्रदेश सरकारका योजना पुन: सञ्चालनमा ।

  • थम्मन थापा
  • २०७७ बैशाख २५, बिहिबार (६ साल अघि)
  • ६४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लक डाउनमा छ । लक डाउनका कारण विकास निर्माणका पुर्वाधारहरु ठप्प भए । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लक डाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ / ०७७ को बजेट बाट गलकोट नगरपालिका वडा नं ७ मा विनियोजन गरेका  २ वटा योजनाहरु लक डाउनको नियम केहि परिमार्जन भएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिने निर्णय सँगै सञ्चालनमा आएका छन । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको ४ कोठे पक्की भवनको निर्माण कार्य लक डाउन हुनु अगावै शुभारम्भ भएको थियो । यद्यपी लक डाउन सँगै झण्डै १ महिना निर्माण कार्य रोकिएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    गलकोट नगरपालिका र वडा सरकारको समन्वयमा निर्माण कार्यले पुन: निरन्तरता पाएको गलकोट नगरपालिका वडा नं ७ का वडा अधक्ष सुवेदार टिका बहादुर थापाले बताए । विद्यालयको काम ठप्प हुँदा त्यहाँ काम गर्ने मजदुरलाई समेत समस्या परेपछि वडाले राहत समेत वितरण गरेको थियो । अहिले संघिय सरकारले विकास निर्माणका कामहरुलाई उच्च सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरि गर्न निर्देशन गरे सँगै निर्माण कार्य सञ्चालनमा आएको वडा अध्यक्ष थापाले उल्लेख गरे । चार कोठे भवनको भुइँतला ढलानपछि झ्याल ढोकाको चौकोस राख्न सुरु गरिएको छ । गत फागुनको अन्तिम साता भवनको पुनःनिर्माण शुभारम्भ गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको अध्यक्ष थापाले बताए । निर्माण कार्यमा सुर्खेतका ८ सहित स्थानीय मजदुरले काम गर्दै आईरहेका छन । लक डाउन सुरु भए पश्चात सुर्खेतकै केही मदजुर घर फर्केपछि केहि मजदुर त्यहाँ काम गर्दै आईरहेका छन । निर्माण सामग्रीको सहजीकरणमा गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने सल्लाह अनुरुप अहिले काम भईरहेको छ ।

    त्यस्तै गण्डकी प्रदेश भौतिक मन्त्रालय बाट आर्थिक वर्ष २०७६ / ०७७ मा विनियोजित रकम रु १ करोडको लागतमा मल्म पाण्डवखानी ढोरपाटन सडक स्तरोन्नति सँगै ग्राभेलको काम समेत पुन: सञ्चालनमा आएको छ । लक डाउन अगावै योजनाको काम निरन्तर चलिरहे पनि लक डाउन पछि झण्डै १ महिना काम रोकिएको थियो । अहिले सडकमा कटिङ गर्ने, पक्की नाली निर्माण, हिम पाईपहरु जडान, तारजाली, मेसिनरी वाल लगाउने लगायतका कामहरु भईरहेको ठेकेदार कम्पनी आरोग्य निर्माण सेवा गलकोटका सञ्चालक हुम थापाले जानकारी दिए । आगाँखेत देखि मल्म सानोखोला सम्म निर्माण कार्यले तिव्रता पाएको सञ्चालक थापाले बताए । सडकमा आवश्यक सामाग्री ढुवानीको लागि गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ ।

    निर्माणको काम अब १ डेढ महिना भित्र सम्पन्न हुने गरि काम भईरहेको छ । उक्त सडकको गत वर्ष मध्य पहाडी लोकमार्गको मल्म आगाँखेत जिरो किमी देखि ओदाह सम्म झण्डै ८ सय मिटर पक्की नाली सहित ग्राभेल कार्य सम्पन्न गरिएको थियो ।

    • #गण्डकी प्रदेश
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑